मानसरोवरटाइम्स शनिबार, चैत्र १९, २०७८ मा प्रकाशित

काठमाडौँ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ ।

भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।

बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९