राज शाही शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लामाको खार्पुनाथ गाउँपालिकामा नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान गरिएको छ । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याँङचु बजारमा संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता सोही गाउँपालिका कमिटिका अध्यक्ष गिठे ऐडीको रहेको थियो ।

जिल्ला इन्चार्ज दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा खार्पुनाथ गाउँपालिकामा नेकपा एमालेको पार्टीको अवस्था, वडा कमिटीका पदाधिकारीहरुलाई पार्टी संगठन विस्तार र ससक्तिकरणका लागी परिचालन, नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई खार्पुनाथ गाउँपालिकामा सक्रिय भुमिका निर्वाहका लागि पनि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला कमिटीका उपाध्यक्ष प्रकास बहादुर शाहीले बताएका छन् ।

नेपाल सरकारले स्थानिय तहको निर्वाचन आगामी २०८४ सालमा संचालन गर्ने तयारी भइरहेको संचार माध्यम खवर आउन थालेपछि नेकपा एमाले सहित अन्य पार्टीले पनि हुम्ला जिल्लामा आफ्ना पार्टी तथा संगठनहरुलाई सक्रिय पार्न थालेका छन् ।

सुक्रबार खार्पुनाथ गाउँपालिकामा संचालन भएको कार्यक्रममा अनुसासन आयोगका केन्द्रिय सदस्य लोक बहादुर हमाल, जिल्ला कमिटि अध्यक्ष ज्ञामि वुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही, सचिव तिर्थराज वोहरा, अनेमसङघ जिल्ला अध्यक्ष प्रतिमा लामा र खार्पुनाथ गाउपालिका कमिटिका नेता तथा कार्यकर्ताको उक्त भेलामा उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन कमिटिका सचिव दिपेन्द्र शाहीले गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान
यारी नाका भन्सार कार्यालयले १६ लाख ६५ हजार राजस्व असुली
बालबालिकालाई उद्धार गरी पारिवारिक पुनर्मिलन र कानूनी व्यवस्था

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९