राज शाही शुक्रबार, फाल्गुण ०५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाका सुख्खा डाँडा पाखा सँगै व्यक्तिगत बाँजो जग्गालाई हरियाली बनाउने उद्देश्यका साथ विभिन्न जातका बोटविरुवाहरु वितरण गरिएको छ । उक्त विरुवा डिभिजन वन कार्यालय सिमकोट हुम्लाले वितरण गरेको हो ।


हुम्ला जिल्लाको सिमकोट गाउँपालिका भित्र सँगै जिल्ला वन कार्यालयमा विभिन्न जातका बोटविरुवा लगाउने इच्छाराखी माग भएका निवेदन अनुसार आज ढटेलो, ओखर, लेख बैस, चुली लगाएतका विरुवा निशुल्क वितरण गरिएको सोही कार्यालयका निमित्त कार्यालय प्रमुख लोकजंग शाहीले बताएका छन् । वितरण गरिएका विरुवाहरुमा ३ सय ढटेलोका विरुवा, ओखरका विरुवा ६ सय, लेख बैस १ सय ५० र चुलीका ५० बोट वितरण गरीएको सिमकोट गाउँपालिका वडा नं ५ का स्थानियवासी जनक रोकायाले बताएका छन् ।

डिभिजन वन कार्यालय हुम्लाबाट सुक्रबार वितरण गरिएका विरुवा लिने व्यक्ती तथा फर्मका प्रतिनिधिले आफ्नो निजी जग्गा तथा बाँजो, पाखा पखेरामा लगाएको स्थानियवासी कालि रावतले बताएकी छन। त्यसै गरी सिमकोट गाउँपालिका वडा नं ५ र ६ का स्थानियवासीले प्रमुख देवताको रुपमा मनाउदै आएको बाणपाल देवताको प्राङगणमा मिमसिंह नेपाली र दान वहादुर रावतको संयुक्त पहलमा १६ वटा देवदारको विरुवा, ५ वटा ढटेलोका वोट र २० वटा ओखरका बोट वृक्षा रोपण गरेको नेपालीले बताएका छन् ।

विरुवा रोपण गरेसँगै ति विरुवाको संरक्षण हुन सकेको खण्डमा उक्त बाणपाल देवताको मन्दिर हरियाली सँगै रमणीय हुने आशा राखेको नेपालीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचनको लागी एक मतदान केन्द्रमा शतप्रतिशत महिला
हुम्लाका २२ मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायकलाई अभिमुखीकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९