राज शाही मंगलबार, मंसिर २४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका पशु चौपायहरुलाइ चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा रहेको छ । सिमकोट गाउँपालिकामा यस अघि पशु चौपायका लागी आवश्यक पर्ने औषधी कमी भएको भन्ने खबर बाहिरिए पनि हाल औषधी खरिद प्रक्रियामा रहेको सोही गाउँपालिका ना प्र स  विष्णु बुमिले बताएका छन् । यस अघिका सिमकोट गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई आर्थिक अधिकार नदिदा र खटाएका प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकामा नआउदा औषधी खरिदमा ढिलाइ भएको बुमिले बताएका हुन ।

खटाएका प्रमुख प्रशासकिय अधिकृत नआइ यस अघिकै प्रमुख प्रशासकिय अधिकृतलाई आर्थिक सहितको जिम्मेवारी दिए पछि पशुहरुलाई चाहिने आवश्यक औषधी खरिद प्रक्रिया अगाडि बढेकाले एक हप्ता भित्र गाउँपालिकामा औषधी आइ पुग्ने बुमिले  बताएका छन् । गाउँ पालिकाका पशुचौपायलाई चाहिने आवश्यक औषधी यस अघि केही कमी भए पनि अन्य पशु सँग सम्बन्धित काम गर्ने जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयसँग समन्वय गरी पुर्ती गरिएको जानकारी प्राप्त भएको छ ।

हिउदे मौसममा पशु चौपायलाई विशेष गरी जुका,जुवाल पर्ने, लुतो लाग्ने र रातो पिसाब फेर्ने भएकाले त्यसको औषधी कृषकलाइ गाउँपालिकामा भए सम्मको दिएको र नभएको औषधी जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय सँग समनोय सहकार्यमा कृषकलाई उपलब्ध गराएको बुमीले बताएका छन् ।

त्यसै गरी चालु आर्थिक वर्षको ५ महिनामा ९ हजार भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाएको पनि बुमीले थप जानकारी दिएका छन् । चालु आर्थिक वर्षको लागी खरिद गरीएको  औषधी गाउँपालिकामा आइ पुग्ने वितिकै हिउदे मौसममा पशु चौपायलाई लाग्ने रोगहरुको पहिचान गरी  घुम्ती शिविर संचालन गरी भ्याक्सिनेसन सँगै औषधी कृषकलाई वितरण गरिने ना प्र स बुमीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पशु चौपायलाई चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा
निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिका ४ वटा निर्णय
मालिका माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरेन्द्र शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९