राज शाही शुक्रबार, कार्तिक २८, २०८३ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा प्रथम गोल्ड कप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाईनलमा सिम ब्वाईज र ठेहे फुटबल क्लव विजेता भएका छन् । शुक्रबार भएका दुई वटा सेमिफाईनल खेलमा दुवै टिम विजेता भएपछि फाईनलमा पुगेका हुन । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा सिम ब्वाईज क्लबले र नाम्खा फुटबल क्लवलाई सुन्नेका बिरुद्ध तीन गोल गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।

त्यसैगरि दोस्रो सेमिफाईनल खेलमा ठेहे फुटबल क्लवले भटभटे फुटबल क्लवलाई दुईका बिरुद्ध चार गोल गर्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाईन खेल शनिबार दिउसो हुनेछ । जिल्लाभरका सोह्र वटा क्लवहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताका सहभागी टिमलाई चार समुहमा विभाजन गरि लिंक चरणका खेलहरु भएका थिए  । प्रथम हुने क्लवले एक लाख १५ हजार रुपियाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७५ हजार रुपियाँ प्राप्त गर्नेछ । यसका लागि आयोजकमा दिगो विकास युवा क्लव र रानी बन युवा क्लव रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुरुष फुटबल सेमिफाईनलमा सिम ब्वाईज र ठेहे फुटबल क्लव विजेता
नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान
यारी नाका भन्सार कार्यालयले १६ लाख ६५ हजार राजस्व असुली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९