हिमाली जिल्ला हुम्लामा स्थापित एक गैर सरकारी संस्थाले विद्यालयमा आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । फिल्म नेपालको आर्थिक सहयोग र सामुदायिक विकास केन्द्र (सिडिसी) को प्राविधिक सहयोगमा ८ प्रकारका सामाग्री वितरण गरेको सि डि सि का जिल्ला संयोजक निराजन बुढाले बताएका छन् ।

मंगलबार सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रधानाध्यापक अमरबहादुर शाही, सामाजिक परिचालक गंगा बोहोरा र बालकृष्ण रोकायाको उपस्थितमा कर्णाली प्रदेशको सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरवरोवर नमुना माध्यामिक विद्यालय सिमकोटलाई वितरण गरेको हो ।
सामुदायिक विकास केन्द्र (सि डि सि) को शिक्षा परियोजना अन्तरगत वितरण गरिएका सामाग्रीहरुमा ११ मिटर जुट कार्पेट,११ मिटर पि फर्म, २ वटा डस्विन,२ वटा कुसुन, १ डोर म्याड, १ सेट पानी फिल्टर, १ वटा हवाइट बोर्ट र शौचालयका सामाग्रिहरुमा ब्रस, हार्पिक र फिनल लगायतका सामाग्री रहेको संयोजक बुढाले बताएका छन् ।
भ्याट सहित २७ हजार ५ सय ७२ रुपैया बरावरको सामाग्री सहयोग गरिएको जानकारी प्राप्त भएको छ ।