कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री र सचिवस्तरीय टोलीद्वारा हुम्लाका विकास आयोजना, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने कार्य भएको छ । आइतबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए/नभएको सुनिश्चित गर्न र सञ्चालित आयोजनाहरूको गुणस्तर मापनका लागि मन्त्री जितबहादुर मल्ल र सचिव रोसनी श्रेष्ठले अनुगमनलाई तीव्र बनाइएको बताएका थिए ।

बजेट र कार्यक्रमको कार्यान्वयन स्थिति र भौतिक प्रगति प्रत्यक्ष रूपमा मूल्याङ्कन गर्ने,सामाजिक सुरक्षा भत्ता, शैक्षिक छात्रवृत्ति, र विद्यालयहरूको गुणस्तर सुधार सम्बन्धी कामको प्रत्यक्ष प्रतिक्रिया लिने,लक्षित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायी वा सरोकारवाला निकायलाई तहगत रूपमा निर्देशन र सचेत गराउने लगायतको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रोसनी श्रेष्ठले बताएकी थिइनन।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले हुम्लामा विकास निर्माणका काम प्राथमिकतामा राख्ने बताएका छन । हुम्ला आइ पुगेका सामाजिक विकास मन्त्री मल्लले सामाजिक विकास मन्त्रालय मातहतमा रहेका कार्यालयको अनुगमनका क्रममा प्रेश चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
सङ्घीयताको मर्म अनुसार कर्णालीका १० वटै जिल्लाहरुमा सरकारको अनुभूति हुनेगरी विकास निर्माणका कामहरु प्राथमिकतामा राखिने बताएका छन । यस्तै उनले हुम्लाका सात वटै स्थानीय तहलाई समेटेर समग्र विकास योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल र योजना निर्माणमा आफू पूर्णरुपमा केन्द्रित हुने बताएका छन ।
आइतबार विहान ८ वजे पत्रकार भेट घाटमा हुम्लाको सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा सामाजिक विकास कार्यालय प्रतिनिधि आयुर्वेद कार्यालयका प्रमुख लगायत सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी सँगै जिल्लामा क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।