राज शाही बिहिबार, आश्विन २९, २०८३ मा प्रकाशित

हिन्दु धर्मावलम्बीहरूको महान चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै कर्णाली प्रदेशको हुम्ला जिल्लामा, जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत चाडपर्वका बेला हुने भिडभाड, सवारी चाप, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी–लुटपाट नियन्त्रण गर्न हुम्ला जिल्लामा विशेष सुरक्षा योजना लागु गर्दै, सुरक्षा निकायलाई तोके बमोजिमको भुमिका निर्वाह गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले निर्देशन समेत दिएका छन् ।

चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय हुम्लाले सडकदेखि सीमा नाकासम्म निगरानी बढाउने योजना बनाएको छ । राजमार्ग तथा मुख्य सडकमा सवारी चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती र स्कर्टिङ सञ्चालन गर्दै यात्रुलाई आवश्यक सहयोग गर्ने र बढी भाडा लिने सवारी चालक तथा धनीलाई कार्वाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी गुरागाइले बताएका छन् ।

सुरक्षा योजनामा प्रमुख जिल्ला अधिकारी गुरागाइका अनुसार चाडपर्वको क्रममा कुनै अपराधिक गतिविधि हुन नदिन अन्यन्त्र जिल्ला सँग जोडिएका सीमा नाकामा पनि विशेष निगरानी बढाइएको छ ।  चाडपर्वका बेला मानिसको आवतजावत बढ्ने र खुला सीमाको फाइदा उठाउँदै चोरी–तस्करी तथा अवैध सामान ओसारपसार हुन सक्ने भएकाले सीमा क्षेत्रमा थप कडाइ  गरिएको प्रमुख जिल्ला अधिकारी गुरागाइले बताएका छन्  ।

चाडपर्वमा जुवा, तास तथा अवैध सट्टेबाजी बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी गर्नुका साथै पटाका तथा आतिशबाजीबाट हुन सक्ने आगलागी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, कुटपिट तथा घरेलु हिंसा नियन्त्रणमा पनि विशेष रणनीति समेत जिल्ला प्रहरी कार्यालयले अपनाएको हुम्ला प्रहरी प्रमुख डिएसपी संकर खड्काले बताएका छन्  ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै चाडपर्वका बेला हुने सम्भावित चोरी, लुटपाट, दुर्घटना, झैझगडा तथा अन्य आपराधिक गतिविधि रोक्न नियमित ड्युटीबाहेक संयुक्त गस्ती, सादा पोशाकमा सूचना सङ्कलन र आकस्मिक ड्युटीमा समेत परिचालन गरिने प्रहरी प्रमुख डिएसपी खड्काले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९