अपाङ्ग गाउँपालिका समन्वय समिति गठन तथा कार्यसंचालन कार्यविधि २०६९ सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख एव प्रतिनिधि, अपङ्गका क्षेत्रमा काम गर्ने संघ संस्था तथा व्यक्ति सँगै सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो ।

सोमबार दिनको २ बजेबाट मानसरोवर होटलमा संचालन भएको कार्यक्रमको स्वागत मन्तव्य सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक राजबहादुर शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सोही संस्थाका जिल्ला संयोजक निराजन बुढाले कार्यक्रमका बारेमा यसरी जानकारी गराएका छन्।

परियोजनाको पृष्ठभूमि,विद्यालय छोड्ने दर उच्च, बालविवाह र लैङ्गिक असमानता, भौगोलिक दुर्गमता, गरिबी तथा जीविकोपार्जनका समस्या, अपाङ्गता भएका बालबालिकाको शिक्षामा न्यून पहुँच, विद्यालयमा समावेशी पूर्वाधारको अभाव, पोषण तथा स्वास्थ्य समस्या, विशेष प्राथमिकता परियोजनाको समग्र लक्ष्य “सबै बालबालिकाका लागि समावेशी, सुरक्षित, पहुँचयुक्त र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने”,अपाङ्गता भएका बालबालिका बालिका दलित जनजाती,सीमान्तकृत तथा जोखिममा रहेका बालबालिका,विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने, परियोजनाका प्रमुख उद्देश्य,समावेशी शिक्षा प्रवर्द्धन गर्ने, विद्यालय पोषण सुधार गर्ने, सुरक्षित तथा अपाङ्गतामैत्री विद्यालय विकास गर्ने, समुदाय तथा अभिभावकको सहभागिता बढाउने,स्थानीय तहको शिक्षा सुशासन सुदृढ गर्ने लगाएतका विषयमा जिल्ला संयोजक वुढाले उपस्थित विच जानकारी गराएका थिए ।