राज शाही शुक्रबार, आश्विन २३, २०८३ मा प्रकाशित

जनताका कुरा हामी सुन्छौ भन्ने कार्यक्रम संचालन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाको आयोजनामा संचालन भएको कार्यक्रममा हुम्लामा स्थापित राजनैतिक दल नागरीक समाज पत्रकार बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।  हुम्लामा रास्वपाको अवस्था, हुम्लि जनताले भोगि रहेका समस्या, त्यसका समाधानका उपाय लगायतका शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पशु, सडक लगायतका समसामहिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

राष्टिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण ऐडीको अध्यक्षता र सोही पार्टीका केन्द्रिय सदस्य धुर्व थापा मगरको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा हुम्ला जिल्लाका सात वटा गाउँपालिका मध्य नाम्खा, सिमकोट र खार्पुनाथ गाउपालिकालाई सुगममा राखेको विषय बस्तु लाई बढी लक्षित  गरि उपस्थित व्यक्तिहरुले आफ्न भनाइ राखेका थिए ।

त्यसै गरी हुम्ला र बजुराको रानी शैन विवादलाई हाल सम्म २ तिहाइको बहुमतको सरकारले सम्बोधन गर्न नसकेको, छानविन समितिको प्रतिवेदन हाल सम्म प्रकासन गर्न नसक्नुको के कति करण हुन सक्छ, उक्त प्रतिवेदन पनि तत्काल प्रकासित गर्नु पर्ने, हुम्लि जनताको लाखौ धरौटी राखेर केही छुटेको र केही हाल सम्म जेलमै रहेको सो विषयको जानकारी गराउन नेपाल सरकारका मन्त्रीहरुलाई भेट्न जाँदा ५ दिन सम्म पनि भेट्न नपाएको नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकास बहादुर शाहीले  बताएका थिए ।

रास्वपा नेतृत्वको सरकारले हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथलाई सुगममा राखेको र यसलाई सुगम बनाउनका लागी खेल्नु पर्ने भुमिका खेल्ने र यी गाउपालिकालाई सुगम बनाएर नै छोड्ने, कर्णाली करिडोरको अवस्था सँगै हुम्ला जिल्लाको अवस्था जस्ताको तस्तै आफ्नो केन्दिय कार्य समितिमा राख्ने, हुम्ला जिल्लाको विकास निकासका लागी आफु लागी पर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य धर्व थापा मगरले  बताएका छन।

सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको अशोज २० गते देखि २७ गते सम्म संचालन हुने जनताका कुरा हामी सुन्छौ कार्यक्रम अन्तरगत जनतासँग प्रत्यक्ष संवाद, जनगुनासो र सुझाव संकलन, नेतृत्व परिचालन स्थानिय निर्वाचनको तयारी र उम्मेदवार लगायतका विषयमा छलफल भइ रहेको केन्द्रिय सदस्य थापा मगरले बताएका छन । उक्त कार्यक्रम सुक्रबार दिनको १२ बजेबाट मानसरोवर होटलमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९