राज शाही बुधबार, मंसिर २५, २०८२ मा प्रकाशित

स्थानिय कृषकलाई जिल्लाको एक गैर सरकारी संस्थाले बेमौसी तरकारीको बिउ बितरण गरेको छ ।  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोग र गुड नेवर्सको आर्थिक सहयोगमा बितरण गरिएको हो । हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नं ४ साँया,मुण्डी र दुल्लीका १ सय ४४ जना कृषकलाई उक्त बिउ बितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कृषि प्राविधिक जंग बहादुर शाहीले सम्बन्धित स्थलबाट बताएका छन् ।

वितरण गरिएका बिउहरुमा रायो, स्वीसाग, पाल्ङगो, धनिया, तिते करेला, भान्टा र प्याजको विउ बितरण गरिएको जाकारी प्राप्त भएको छ ।

कर्णाली दोभान कृषि सहकारी संस्था सर्केगाडका अध्यक्ष मिमबहादुर शाहीको अध्यक्षतामा र स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा एस आइ डिसिका प्रोग्राम अफिसर कार्मा लामा लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको कृषि प्राविधिक शाहीले बताएका छन् ।

हिउदे मौसममा हुम्ला जिल्ला शुख्खा हुने र जमिनमा हिउ जमी खेतबारी बाँझो हुने भएकाले गृनहाउस उक्त वितरण गरीएको विउ छरी हरियो साग सब्जी स्थानियवासीले खान पावस र आयआर्जनमा पनि बृद्धि होस भन्ने हेतुले उक्त विउ वितरण गरिएको कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९