राज शाही बुधबार, मंसिर २५, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

स्थानिय कृषकलाई जिल्लाको एक गैर सरकारी संस्थाले बेमौसी तरकारीको बिउ बितरण गरेको छ ।  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोग र गुड नेवर्सको आर्थिक सहयोगमा बितरण गरिएको हो । हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नं ४ साँया,मुण्डी र दुल्लीका १ सय ४४ जना कृषकलाई उक्त बिउ बितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कृषि प्राविधिक जंग बहादुर शाहीले सम्बन्धित स्थलबाट बताएका छन् ।

वितरण गरिएका बिउहरुमा रायो, स्वीसाग, पाल्ङगो, धनिया, तिते करेला, भान्टा र प्याजको विउ बितरण गरिएको जाकारी प्राप्त भएको छ ।

कर्णाली दोभान कृषि सहकारी संस्था सर्केगाडका अध्यक्ष मिमबहादुर शाहीको अध्यक्षतामा र स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा एस आइ डिसिका प्रोग्राम अफिसर कार्मा लामा लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको कृषि प्राविधिक शाहीले बताएका छन् ।

हिउदे मौसममा हुम्ला जिल्ला शुख्खा हुने र जमिनमा हिउ जमी खेतबारी बाँझो हुने भएकाले गृनहाउस उक्त वितरण गरीएको विउ छरी हरियो साग सब्जी स्थानियवासीले खान पावस र आयआर्जनमा पनि बृद्धि होस भन्ने हेतुले उक्त विउ वितरण गरिएको कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९