कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसम लागे सँगै आगलागीका घटना बढ्दै गएका छन् । विभिन्न कारणले व्यक्तिका घरहरु आगलागी हुने क्रम बढ्दै गएको छ । यस अघि खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका एक जनाको घर आगलागी हुँदा ७ लाख ५ हजार नगद सहित अन्य धन जनको निकै क्षेती भएको थियो ।

त्यसै गरी मंसिर २४ गते वेलुका ८ बजे सिमकोट गाउँपालिका वडा नं ७ थाया गाउँमा एक घर आगलागी हुँदा घरधनी घरबार विहिन भएका छन् । आफ्नो निजि घर आगलागी भए पछि यो हिउदको समयमा चिसो भुइमा खुल्ला आकास मुनि बस्न बाध्य भए पछि नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले थोरै भए पनि राहत उपलब्ध गराइएको छ ।

नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखाले क्षेतीको मुचुल्का बनाइ घर आगलागी भएको हो वा होइन भन्ने कुरा सत्य तथ्य पत्ता लगाइ पीडित सिमकोट गाउँपालिका वडा नं ७ का मनबहादुर शाहीलाई त्रिपाल १,म्याटिस १ र बलाङकेट १ वटा हुम्ला जिल्ला सदरमुकाम सिमकोट शाखा कार्यालयमा उपलब्ध गराइएको सोही शाखाका मन्त्री अर्जुन बोहोराले बताएका छन ।सामाग्री आज मंसिर २६ गते बितरण गरिएको थप जानकारी बोहोराले गराएका छन् ।
जिल्लामा शुख्खा मौसम लागे सँगै आगलागीका घट्ना बढ्न सक्ने भएकाले घर नजिक ज्वोलनशिल पदार्थ नराख्न र सलाइ लाइटर जस्ता ज्वोलनशिल पदार्थ बालबालिकाले नपुग्ने ठाउँमा राख्न स्थानिय प्रशासनले आग्रह गरेका छन् ।