राज शाही शुक्रबार, मंसिर २७, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसम लागे सँगै आगलागीका घटना बढ्दै गएका छन् । विभिन्न कारणले व्यक्तिका घरहरु आगलागी हुने क्रम बढ्दै गएको छ । यस अघि खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका एक जनाको घर आगलागी हुँदा ७ लाख ५ हजार नगद सहित अन्य धन जनको निकै क्षेती भएको थियो ।

त्यसै गरी मंसिर २४ गते वेलुका ८ बजे  सिमकोट गाउँपालिका वडा नं ७ थाया गाउँमा एक घर आगलागी हुँदा घरधनी घरबार विहिन भएका छन् । आफ्नो निजि घर आगलागी भए पछि यो हिउदको समयमा चिसो भुइमा खुल्ला आकास मुनि बस्न बाध्य भए पछि नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले थोरै भए पनि राहत उपलब्ध गराइएको छ ।

नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखाले क्षेतीको मुचुल्का बनाइ घर आगलागी भएको हो वा होइन भन्ने कुरा सत्य तथ्य पत्ता लगाइ पीडित सिमकोट गाउँपालिका वडा नं ७ का मनबहादुर शाहीलाई त्रिपाल १,म्याटिस १ र बलाङकेट १ वटा हुम्ला जिल्ला सदरमुकाम सिमकोट शाखा कार्यालयमा उपलब्ध गराइएको सोही शाखाका मन्त्री अर्जुन बोहोराले बताएका छन ।सामाग्री आज मंसिर २६ गते बितरण गरिएको थप जानकारी बोहोराले गराएका छन् ।

जिल्लामा शुख्खा मौसम लागे सँगै आगलागीका घट्ना बढ्न सक्ने भएकाले घर नजिक ज्वोलनशिल पदार्थ नराख्न र सलाइ लाइटर जस्ता ज्वोलनशिल पदार्थ बालबालिकाले नपुग्ने ठाउँमा राख्न स्थानिय प्रशासनले आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९