महिला हिम्साको १६ दिने अभियानको आज विधिवद्ध समापन गरिएको छ ।हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले यस अघि वडा वडामा विभिन्न कार्यक्रम गरी मनाएको उक्त दिवस आज सिमकोट बजारमा र्याली निकाली जिल्ला समन्वय समितिमा कोण सभामा परिणत भइ समापन गरेको हो । उक्त समापन कार्यक्रममा स्थानिय महिला र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी बिच महिला हिंसा सम्बन्धी देउडा गित खेलीएको थियो ।

त्यसै गरी सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापना भएको बालमन्दिर र वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालयका २ जना छात्राले महिला हिंसा सम्बन्धी विषयमा बक्तित्वकलामा आफ्नो प्रस्तुतिकरण गरेका थिए । ति छात्राहरुलाई उक्त दिवशमा सहभागिता जनावापत प्रति छात्रा १ हजार ५ पुरुष्कार उपलब्ध गराइएको थियो । त्यसै गरी सिमकोट गाउँपालिका वडा नं ३, ४ का महिलाको सहभागिता रहेको थियो । देउडा गितमा सहभागिता हुने महिलालाई पनि प्रति समुह ५ हजारका दरले उपस्थित अथितिबाट पुरुषकार प्रर्दान गरिएको थियो ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया, प्रमुख आतिथ्य सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, अतिथिमा प्रहरी प्रमुख संकर खड्का, रेडियो कैलास, रेडियो कर्णाली संगै सिमकोट गाउँपालिका वडा नं १ देखि वडा नं ८ सम्मका वडा अध्यक्षहरुको रहेको थियो । महिला हिंसाको दिवसमा सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थित नहुनु दुखत विषय भएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकायाले बताएकी थिइन।

अंझै पनि हुम्ला जिल्लामा महिला हिंसामा न्युउनीकरण नभएको, अझै पनि महिला पुरुषको भेदभाव कायमै रहेको, छाउपढि प्रर्था कायमै रहेको, लिङ्गकै आधारमा राजनितिमा महिला उच्च पदमा लिन राजनैतिक दलले आनाकानी गरी रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका थिए ।

त्यसै गरी लंङ्गिक अर्थात महिला हिम्सा भएमा जिल्ला प्रहरी कार्यालयमा आउन, जिल्ला प्रहरी कार्यालयमा छुट्टै महिला सेलको व्यवस्था भएको र आफ्ना पिडा उक्त सेलमा बताउन र पीडित महिलाको हकमा आफु सँधै लागी पर्ने प्रहरी प्रमुख डियसपी संकर खड्काले बताएका थिए ।१६ दिने महिला हिम्साको समापनको दिन आज सिमकोटका महिलाले हर्सउल्लासका साथ मनाएका थिए ।