राज शाही बुधबार, आषाढ १०, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्ला लाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगो पना घोषित गरिने भएको छ । यसका लागी आज असार १० गते बुधबार जिल्ला खोप समन्वय समितिको बैठक बसी उक्त निर्णय गरेको हो । सो बैठकले हुम्ला जिल्लालाई पुर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणका लागी कर्णाली प्रदेश सामाजिक मन्त्रालय अन्तरगत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई उक्त कार्य संचालनका लागी अनुमति माग्ने निर्णय समेत भएको जानकारी प्राप्त भएको छ ।

यस अघि हिमाली जिल्ला हुम्लाका ७ वटै गाउँपालिका पुर्ण खोप शुनिश्चितता तथा दिगो पना घोषित भइ सकेको  जिल्ला स्वास्थ्य सेवा कार्यालयका हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताएका छन् ।

बैठक जिल्ला समन्वय समितिका प्रमुख एव जिल्ला खोप व्यवस्थापन समितिका संयोजक शिवराज सर्माको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सुरक्षा निकाय संगै सरोकारवाला निकायको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९