राज शाही शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको सदरमुकाम सिमकोटमा विरोद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । उक्त ज्ञापन पत्र हुम्लाको कवाडी, लाम्पाटा, रानीखर्क संरक्षण अभियानले सुक्रबार वेलुका ३ बजे हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई बुझाएको हो ।

बाजुरासँग सिमा जोडिएका सर्केगाड, खार्पुनाथ, ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकाका स्थानिय बासीको उपस्थितमा कर्णाली करिडोर बन्द गरेको विद्धदमा चर्को नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ५ सय भन्दा बढी मानिसहरुको उपस्थित भइ उक्त ज्ञापन पत्र बुझाइएको हो ।

च्याचौर,लामपाटा, जौलीसाँध, कवाडी, काँडा जिवना, मैतना, रानी खर्क (रानी सैना) मा प्राप्त तथ्य प्रमाण, कानूनी आधार, सामाजिक प्रचलन र सिमाको बिभाजन नक्साका हिसावले पनि हुम्लीको भएको र नापी नक्सा हुँदाका बखत उक्त क्षेत्रमा विवाद हुँदा नापी नक्सा तत्काल नगर्न नापी टोलीलाई समेत गाविसले चिठी पठाएको र हाल उक्त चिठी सुरक्षित रहेको हुम्ला जिल्ला हाल खार्पुनाथ गाउँपालिका वडा नं ३ साविक राया गाविस अध्यक्ष प्रेमबहादुर रावलले बताएका  थिए।

उक्त क्षेत्रमा परापुर्व काल देखि भोगचलन गर्दै आएको आफ्नो खेति योज्ञ जमिन पनि त्यही भएको खार्पुनाथ गाउँपालिका वडा नं २ का पुर्व वडा सदस्य जडेनी रावलले  बताएकी छन् ।

राष्ट्रिय राजमार्ग वन्द गर्नेलाई तत्काल नियन्त्रणमा लिई कार्वाही गर्नु पर्ने, पटक पटक यसरी राजमार्ग वन्द गरी निहित स्वार्थ पुरागर्न खोजेमा कार्णाली करिडोर परिवर्तन गर्नु पर्ने,निर्दोश हुम्लीलाई लगाएका झुट्टा मुद्दा खारेज गर्नु पर्ने,अभद्र व्यवहार र वन तस्करी मुद्दाका अभियुक्तहरुलाई तुरुन्त पक्राउ गर्नु पर्ने, नेपाल सरकारद्धारा गठित अध्ययन समितिले यथासिघ्र कार्य प्रारम्भ गर्नु पर्ने र प्रमाण भन्दा प्रतिशोध अनि भुगोल भन्दा गुगोलको आधारमा बाजुराले प्रायोजित रुपमा सिर्जना गरिएको सिमा विवाद अन्त्य गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीलाई कवाडी लाम्पाटा रानी खर्क संरक्षण अभियान संयोजक प्रकासबहादुर शाहीले  बाचन गर्दै बुझाएका थिए ।

उक्त ज्ञापन पत्र ५ बुदे रहेको छ । उक्त ज्ञापन पत्र बुझाउनका लागी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया,सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी राजनितिक दलका प्रमुख एव प्रतिनिधि,स्थानियवासीको सहभागिता रहेको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९