दाने बोहरा बुधबार, साउन २१, २०७७ मा प्रकाशित

गाउँघरमा खेलिने देउडा परम्परा जोगाउन जिल्ला सदरमुकाम सिमकोटमा सांस्कृति कार्यक्रम सन्चालन गरीएको छ । कर्णाली कलाकार समाज संस्था हुम्लाले साउने पुर्णिमाको अवसर पारेर मंगलबार सिमकोट बालमन्दिर माविमा साँस्कृतिक कार्यक्रम सन्चालन गरेको हो । पछिल्लो समय हुम्लामा देउडा खेल मेला पर्वको समयमा मात्रै खेलिने भएका कारण आफ्नो सांस्कृतिकलाई जोगाइ राख्नका लागी सांस्कृतिक कार्यक्रम सन्चालन गरिएको सोही संस्थाका अध्यक्ष मान बहादुर रोकायाले जानकारी दिए ।


२०७६ सालमा स्थापना भएको कर्णाली कलाकार संस्थाले जिल्लाभरीका स्थानीय कलाकारहरुको कला,गला, उनीहरुको प्रतिभालाई उजागार गरेर राष्ट्रियस्तरमा चिनाउनको लागी आफुहरुले विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष रोकायाले बताउनुभयो । मंगलबार अनौपचारीरुपमा आयोजना गरीएको सांस्कृतिक कार्यक्रममा जिल्लामा पछिल्लो समय कमै भेटिने, र देखिने दौरा पहिरन, तथा कमै गाइने खेलिने देउडा खेल सन्चालन गरीएको हो । कोरोना सन्त्रासका विचमा पनि आज भएको कार्यक्रम हेर्न सर्वसाधरणहरु मास्क प्रयोग गरेर ठुलो संख्यामा सहभागी भएका थिए ।


देउडा खेल पछिल्लो समय हुम्लामा साउनपुहिर्णमा मेला, चैतलो, माघेपुर्णिमा, जस्ता मेला पर्वमा खेलिने गर्दछन् भने वन पाखा गोठालो जादा गाइने ठाडी भाकाहरु काहि कतै नसुनिने भएका कारण यसको जगेर्ना गर्नका लागी कर्णाली कलाकार संस्था दर्ता भएर हुम्लीको परम्परा जोगाउन लागी परेको उनको भनाइ समेत रहेको छ । आजै भएको कार्यक्रममा जिललाका कलाकार अर्जुन भण्डारी, नवराज भण्डारी सन्तोष सुनार, रमेश सुनार, गौरी सुनार, खाण्डु लामा लगायत अन्य कलाकारहरुपनि सहभागी रहेको छक्क रोकायाले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९