हिमाली जिल्ला हुम्लामा माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन गरिएको छ । माध्यामिक विद्यालय शिक्षक युनियनको पाँचौ जिल्ला अधिवेसनबाट नयाँ कार्यसमिति चयन गरिएको हिस्टुनका केन्द्रिय सदस्य राजबहादुर शाहीले बताएका छन् । जसमा नेत्रलाल हमाल अध्यक्ष,गौरीलाल बुमी उपाध्यक्ष, सचिव दलबहादुर ऐडी, कोषाध्यक्ष पाल्जोर लामा, कोषाध्यक्ष खग्रेन्द्र बम र सदस्यहरुमा देबहादुर फडेरा,छक्क थापा, प्रदिप बोहोरा र श्यामजिर फडेरा रहेका छन् ।

प्रदेश प्रतिनिधिमा देवविक्रम शाही, भुपेन्द्र प्रसाद उपाध्याय, श्यामजिर फडेरा, केन्द्रिय प्रतिनिधि राजबहादुर शाही, शिवसर्मा पौडेल र डमनबहादुर शाही रहेका छन् । माध्यामिक विद्यालय शिक्षक युनियनको पाँचौ जिल्ला कार्यसमितिले ३ सदसिय जिल्ला सल्लाहकार समिति पनि चयन गरेको छ ।जसमा शिवसर्मा पौड्याल संयोजक, चित्र भण्डारी र विरबहादुर रावल सदस्य रहेका छन् ।

माध्यामिक तह (कक्षा ९-१२) मा अध्यापन गराउने शिक्षकहरूको हकहित, अधिकार र कल्याणका लागि गठन भएको पेशागत सङ्गठन वा संस्था माध्यामिक विद्यालय शिक्षक युनियन । यो शिक्षकहरूद्वारा आफ्ना साझा समस्याहरू समाधान गर्न र पेशागत मर्यादा उच्च राख्नका लागि लोकतान्त्रिक ढङ्गले स्थापना गरिएको एउटा कानुनी मञ्च हो ।
नेपालको सन्दर्भमा यसलाई छोटकरीमा हिस्टुन (HISTUN – Higher Secondary Teachers’ Union Nepal) भनेर पनि चिनिन्छ, जसले विशेष गरी साविकको उच्च मावि र हालको माध्यामिक तहका शिक्षकहरूको प्रतिनिधित्व गर्ने गर्द छ ।