कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय अन्तरगतको हुम्ला जिल्ला अस्पतालमा पोषण पुनस्थापना केन्द्र स्थापना गरिएको छ । विधिवद्ध ढंगले कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले पुजापाठ गरी रिवन काटी पोषण पुनस्थापना केन्द्रको उत्घाटन समेत गरेका छन् ।

उत्घाटन पश्च्यात कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्य र जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीको अध्यक्षता संगै प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको विशेष आतिथ्यमा एक औपचारीक कार्यक्रम संचालन गरी पोषणका बारेमा जिल्ला स्वास्थ्य सेवा कार्यालयका टसि पाल्जोर लामाले जानकारी गराएका थिए ।
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुने भएकाले यसलाई इम्पुरुप गर्न सबै सरोकारवालालाई पुर्व मुख्य मन्त्री शाहीले निर्देशन दिएका छन। विश्वमा धेरै पोषण तत्व र औषधीय गुण भएको खाना हुम्लामा पाइने गरेको, संसारमा सबै भन्दा सक्ती साली बोली भाषा भएकाले त्यसमा पनि सुधार ल्याउनु आवश्यक रहेको, हामी गरिव होइन, तर हामी दिमागी रुपमा गरिव हो, प्राकृतिकरुपमा हामी धनी छौ, हामी कुपोषित कसरी भयौ भन्दा हाम्रो जिल्लामा पोषण तत्व र औषधीय गुण भएको खाध्य पदार्थ खान नजानेकै कारणले कुपोषित भएको पुर्व मुख्य मन्त्री शाहीले बताएका छन् ।हुम्ला जिल्लाका प्रत्येक स्वास्थ्य संस्थालाई बलियो बनायौ भने जिल्ला अस्पताललाई भार नहुने, जिल्ला अस्पताललाई बलियो बनायौ भने प्रदेश अस्पताललाई भार नपर्ने समेत शाहीले बताएका छन् ।

पोषण केन्द्र स्थापना भइ सकेपछि थ्री डि को खाँचो रहेको र थ्रि डि भन्नाले पहिलो डि डिसिपिलिन, दोश्रो डि डेरिकेसन र तेश्रो डि डिटरमेनसन आवश्यक रहेको पुर्व मुख्य मन्त्री शाहीले । यो थ्रि डिको पालना गर्नु भयो र खान पिनको बानीमा परिवर्तन गरेमा कुपोषित हुने बालबालिकाको संख्यामा पचहत्तर प्रतिसत कमी आउने पुर्व मुख्य मन्त्री शाहीले बताएका छन् ।