राज शाही आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्लामा खेती योग्य जमिन खुम्चिदै गएको छ । यस अघि हुम्ला जिल्ला भरका खेती योग्य जमिनमा रैथाने वाली उत्पादन हुने क्षेत्र हाल जिल्लाका ७ वटै गाउँपालिकामा खुम्चिदै गएको पाइएको छ । विशेष गरी हुम्ला जिल्लाको लामा बस्तीमा रहेका खेति योग्य जमिन खुम्चिदै गएको पाइएको हो ।

 करेसाबारीबाट आलु निकाल्दै हल्जीका स्थानिय महिला

लामा वस्ती रहेको सिमकोट र नाम्खा गाउँपालिकामा रहेका खेती योग्य जमिन बढी जसो बाँजिदै गएका छन् । जिल्ला सदरमुकाम सिमकोटको वडा नं ४ बुराउसे, वडा नं ३ को वरगाउ, लिमाटाङ, हुटिक र तोर्पाका खेती योग्य जमिनहरु बन्जड भएका छन् । त्यसै गरी नाम्खा गाउँपालिकाको लेख धिगा, केर्मी, खंगालगाउँ रहेका छन् ।

खेती योग्य जमिनमा पशु चरिचर

नाम्खा गाउँपालिकाकै वडा नं ६ को जाँग गाउँमा पुरै खेती योग्य जमिन बाँजिएका छन् भने हल्जी गाउँमा केही घर धुरीले खेती गरेको पाइए पनि अधिकाँस जग्गा जमिन बाँजै रहेको देखिएको छ । उता तिल गाउँको पनि अवस्था त्यस्तै रहेको स्थानिय कोनुर्वु तामाङले बताएका छन् । जग्गा बाँजो रहनुमा मुख्य गरी युवा युवती रोजगारी, पठन पाठन सँगै व्यापार व्यवसायका लागी देश तथा विदेशका सहरमा लागे पछि यो अवस्था आएको सोही गाउँपालिका वडा नं ६ का वडा सदस्य छिरिङ तुण्डुप तामाङले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सीमित स्रोत–साधनका बीच स्वास्थ्य सेवा कार्यालय हुम्लाले जटिल शल्यक्रिया
हुम्लालाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगोपना
ट्राफिक नियम उलंङघन गर्दा हुने समस्या सम्बन्धि अभिमुखिकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९