राज शाही बिहिबार, फाल्गुण ०८, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपालमा संघियता लागु भए सँगै गाउ गाउँमा घर घरमा सिंह दरबार पुगेको स्थानियले अनुभुति गर्न थालेका छन् । केही राम्रा काम भित्र केही नराम्रा काम पनि हुन सक्छन । तर केन्द्रिकृत शासन प्राणाली भन्दा विकेन्द्रित शासन प्रणालीमा जनताको प्रत्यक्ष संलग्नता रहने भएकाले विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारीमा प्रत्यक्ष संलग्नता हुन पाएका छन् । हुम्लाका ७ वटा गाउँपालिकामा स्थापना भएका स्वास्थ्य, कृषि, पशु, शिक्षाबाट संचालन हुने कार्यक्रमलाई स्थानियवासीले प्रत्यक्ष अनुगमन, निगरानी र निरिक्षण गर्न पाएका छन ।यसको लाभ पनि प्रत्यक्षरुपमा लिन पाएको जानकारी प्राप्त भएको छ ।

यसै बीच चंखेली गाउँपालिकाले अध्यक्ष उपाध्यक्ष भेटाउला चंखेली वासीका दुःख मेटाउला भन्ने मुल नाराका साथ प्रत्येकको स्वास्थ्य संस्थाहरुमा MDGP डाक्टरहरुबाट OPD  सेवा संचालन हुँदै आएको सोही गाउँपालिका स्वास्थ्य संयोजक सुरविर शाहीले बताए  छन् ।त्यसै गरी यो महिनाको उक्त सेवा मेल्छाम स्वास्थ्य चौकीमा फागुन १३ गते, पिपलाङ्ग वर्थिङ सेन्टरमा फागुन १४ गते, दार्म स्वास्थ्य चौकीमा फागुन १५ गते र  मिमि स्वास्थ्य चौकीमा फागुन १६ गते संचालन हुने भएको सोही गाउँपालिका स्वास्थ्य संयोजक शाहीले बताएका छन् ।

उक्त ओपीडि चेक जाँचमा जनरल ओपिडि, गर्भवति महिला, पाठेघर मुखको क्यान्सर, टिभी संकास्पत र नसर्ने रोगको चेकजाँच गरिने छ । त्यसै महिलाको आङ्ग खसेको उपचार, गर्भवति महिलाको अल्ट्रासाउण्ड र नाककान घाँटी सम्बन्धी पनि चेकजाँच गरी उपचार गरिने संयोजक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९