Mansarowar Times बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

एजेन्सी
विश्वभर कोरोना भाइरसबाट ३ लाख २४ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५५४ पुगेको हो। पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जनाको ज्यान गएको छ। संसारभर ४९ लाख ८२ हजार ९३७ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ।

त्यस्तै अहिलेसम्म विश्वभर १९ लाख ५६ हजार ३६१ जना ठिक भएका छन्। अमेरिकामा १५ लाख ७० हजार ९८३ संक्रमित भएका छन् भने ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ। यसैबीच ३ लाख ६१ हजार १८० निको भएर फर्किएका छन्।

संक्रमितको आधारमा रुस दोस्रो स्थानमा रहेको छ। त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जनाको संक्रमण देखिएको छ। रुसमा अहिलेसम्म २ हजार ८ सय ३७ जनाको ज्यान गएको छ।

बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ संक्रमित भएका छन् भने ३५ हजार ३४१ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख २६ हजार ६९९ संक्रमित भएका छन् भने ३२ हजार १६९ जनाको मृत्यु भएको छ।

फ्रान्समा एक लाख ८० हजार ८०९ कुल संक्रमित भएका छन् भने २८ हजार २२ जनाको मृत्यु भएको छ। स्पेनमा २ लाख ७८ हजार ८०३ कुल संक्रमित भएका छन् भने २७ हजार ७७८ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या एक १ लाख ६ हजार ४ सय ७५ पुगेको छ। त्यस्तै ३ हजार ३ सय २ जनाको ज्यान गइसकेको छ। भारतमा हालसम्म ४२ हजार ३ सय ९ जना निको भएका छन्।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९