कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा बुधबार जिल्ला अस्पतालको अनुगमन तथा निरिक्षण गरिएको छ । पुर्व मुख्य मन्त्री शाहीले अनुगमनका साथै जिल्ला अस्पताल हुम्लाको समस्याका वारेमा जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक संरचना भएपनि आवश्यक जनशक्ति सहितको उपकरण अभाव देखिएको बताएका छन । गाउ रित्तिदै जाँदा विरामीको संख्या समेत कम रहेकाले भइरहेको जनशक्तिलाई जिम्मेवारीका साथ काम गर्न पनि निर्देशन दिएका छन् ।
जिल्ला अस्पतालमा उपचारत विरामीहरु समेतलाई भेटेर स्वास्थ्य सेवा प्रवाहको बारेमा जानकारी लिएका छन । पुर्व मुख्य मन्त्री शाहीले गृह जिल्लाको स्वास्थ्य समस्या र सुधारका उपाय सम्बन्धी चासो व्यक्त गर्दै आगामी स्वास्थ्य सेवाको पहुच विस्तारमा सम्बन्धित निकायमा आवश्यक छलफल गर्ने पनि बताएका छन् ।
उनले स्थानीय तहका स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने स्वास्थ्य सेवाको प्रभावकारीताका विषयमा समेत स्थानीय तहका प्रमुखहरुसँग छलफल गरी जानकारी समेत लिएका छन् । अस्पतालका जनशक्ति र स्वास्थ्य उपकरणका विषयमा पनि चासो लिएका छन् । अनुगमन तथा निरीक्षणक्रममा पुर्व मुख्य मन्त्री शाहीले सर्वसाधारणको उपचारमा कुनै पनि किसिमको हेलचेक्रयाइँ नगर्न अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिएका छन ।
‘उक्त अनुगमन तथा निरिक्षण कार्यमा पुर्व मुख्य मन्त्री शाही, कर्णाली प्रदेश जलश्रोत तथा उर्जा मन्त्री बिजया बोहोरा, प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद जयपति रोकाया लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।