Mansarowar Times मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

हुम्ला
सिंगो बस्तीनै सडक सञ्जालबाट बिमुख हुने गरि हिल्सा सिमकोट सडक आयोजनाले गोप्य रुपमा डिपिआर तयार गर्दा जनता बिकासको प्रतिफल पाउनबाट बन्चित भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ को खादक बस्ती नै सडक सञ्जालबाट छुट्ने भएपछि आफुखुसी तयार गरिएको कर्णाली करिडोरको डिपिआरबाट निर्माण हुने सडकको निर्माण कार्य अगाडी बढ्न नदिने स्थानीय कुल रावतले बताए ।

बिकासका बिरोधी गाउँबासी नभएको भन्दै उनले जनताले दिएको बिकल्प मान्न समेत सरोकारवाला पक्षलाई सुझाब दिएका छन् । गोप्य रुपमा तयार गरिएको सडकको डिपिआरको क्षेत्र पनि वडा नम्बर ५ का बासिन्दा कै पर्ने र स्थानीयले अहिले सडक निर्माणका लागि दिन लागेको क्षेत्रबाट सडक निर्माण भए कम लागत पर्ने रावतले बताए ।

३१४ घरधुरीको बस्तीलाई सडक सञ्जालसंग जोड्न स्थानीयको माग छ । स्थानीयको भनाई अनुसार एक देखि डेढ किलो मिटर सडकको लम्बाई पनि घट्ने सुझाब छ ।

सरकारलाई लागत पनि कम लाग्ने र जनतालाई पनि स’बिधा पनि हुने सडक निर्माणमा ध्यान दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईसंग स्थानीय महिलाहरुले गुनासो गरेका थिए ।

निर्माण कार्य सुरु हुदा स्थानीयको बिरोधपछि रोकिएको काम सुचारु गर्न स्थानीय प्रशासनको अगुवाईमा स्थलगत रुपमा निस्केपछि स्थानीयले प्रुमख जिल्ला अधिकारीको टोलीसंग बिरोध जनाएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९