Mansarowar Times शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भएको, तर निर्णय भइनसकेको बताए ।

कतिपय विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भइरहेकाले तिनीहरूको व्यवस्थापनलगायतका पक्षसमेत जोडिएकाले छलफल भइरहेको उनको भनाइ छ । परीक्षाको तयारी गरी आगामी बोर्ड बैठकबाट निर्णय हुने उनले बताए । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् ।

कक्षा ११ को भने विद्यालयबाटै परीक्षा सञ्चालन गरी मूल्यांकन हुने र एक प्रति बोर्डमा पठाउनुपर्ने व्यवस्था भएको छ । कोभिड–१९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्लाको शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रहरी प्रमुख बीच भेटबार्ता
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९