राज शाही बिहिबार, आश्विन ०१, २०८३ मा प्रकाशित

अपाङ्गता भएका व्यक्तिहरुको संस्था तथा समुदायमा आधारित संस्थाहरुको क्षमता अभिवृद्धि तथा साझेदारी सम्बन्धि २ दिने तालिम आजबाट सुरु भएको छ । हेड नेपालको सभाहलमा सुरु भएको उक्त तालिमको आर्थिक सहयोग फेल्म नेपाल, समन्वय शिक्षा विकास तथा समन्वय इकाइ, सहकार्य सिमकोट, खार्पुनाथ र चंखेली गाउँपालिकाको रहेका छ । सो तालिमको आयोजना सि डि सि नेपालको रहेको छ ।

अपाङ्गताका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी र बोड म्याम्बरको उपस्थित रहेको उक्त तालिमको अध्यक्षता सि डि सि नेपालका जिल्ला संयोजक निराजन बुढाको र प्रमुख आतिथ्य सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर बढा र बिशेष आतिथ्य सिमकोट गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष कमल बुढा र जिल्ला समन्वय अधिकारी रहेको थियो ।प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर बुढाले व्यानर बाचन गरी उत्घाटन गरेको कार्यक्रममा स्वागत मन्तव्य सिडि सि नेपालका सामाजिक परिचालक राजबहादुर शाहीले गरेका थिए ।

तालमिको मुख्य उद्देश्य सहभागी संस्थाहरूको संस्थागत क्षमता अभविृद्ध गर्दै प्रभावकारी व्यवस्थापन, नेतृत्व विकास, समावेशी सहभागतिा, पैरवी तथा वकालत, स्रोत परिचालन र संस्थागत दिगोपना सम्बन्धी ज्ञान तथा सीप विकास गर्नु रहेको छ। दुई दिन सम्म सञ्चालन हुने यस तालिमले सहभागी संस्थाहरूलाई आफ्नो कार्य सम्पादन थप प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यावहारिक अनुभव आदानप्रदान गर्ने रहेको प्रशिक्षक हेड नेपालका छिटुप लामाले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९