राज शाही शनिबार, भाद्र २७, २०८३ मा प्रकाशित

आर्थिक वर्ष ०८३।०८४ मा भौतिक पुर्वाधार विकास तर्फ निर्माण हुने योजनाहरुको २ दिने अभिमुखि करण कार्यक्रम संचालन गरेको छ ।अभिमुखिकरण कार्यक्रम कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास कार्यालय हुम्लाले गरेको हो । सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर बहादुर सिंहको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको प्रमुख आतिथ्य संगै जनप्रतिनिधि, राजनैतिकदल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निर्माण व्यवसायी, उपभोक्ता समितिका पदाधिकारी, पत्रकार नागरिक समाज लगायतको उपस्थितमा उक्त कार्यक्रम भाद्र २७ गते विहान ११ वजेबाट संचालन गरेको हो ।

कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य आर्थिक वर्ष २०८३/०८४ मा कार्यालयबाट सञ्चालन हुने भौतिक पूर्वाधार विकासतर्फका योजनाहरूको समग्र जानकारी सम्बन्धित सरोकारवालाहरूलाई गराउनु,योजनाको स्वीकृति, सम्झौता, कार्यान्वयन, अनुगमन, प्रगति प्रतिवेदन तथा भुक्तानी प्रक्रियाबारे स्पष्ट जानकारी प्रदान गर्नु, सार्वजनिक खरिद ऐन, नियमावली तथा प्रचलित कानुनी व्यवस्था बमोजिम उपभोक्ता समिति तथा निर्माण व्यवसायीमार्फत योजना कार्यान्वयन गर्ने प्रक्रियाबारे जानकारी गराउनु रहेको प्रमुख सिंहले बताएका थिए ।

त्यसै गरी  वैधानिक रुपमा उपभोक्ता समिति गठन, जिम्मेवारी, अधिकार, कर्तव्य, योजना सञ्चालन तथा पारदर्शिता कायम गर्ने प्रक्रियाबारे अभिमुखीकरण गर्नु,योजनाको लागत अनुमान, दररेट, BOQ, सम्झौता, कार्यादेश, नापी किताब, बिल तथा कार्यसम्पन्न प्रतिवेदन लगायतका प्राविधिक तथा प्रशासनिक कागजातसम्बन्धी जानकारी प्रदान गर्नु,निर्माण कार्यमा गुणस्तर, परिमाण, मापदण्ड तथा निर्धारित समयसीमा कायम गरी योजना सञ्चालन गर्न सम्बन्धित पक्षलाई सक्षम / सचेत बनाउनु,योजना कार्यान्वयनका क्रममा आवश्यक पर्ने सार्वजनिक सहभागिता, स्थानीय स्रोत-साधनको परिचालन, समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउनु,योजनाको अनुगमन तथा मूल्या‌ङ्कन, भौतिक एवं वित्तीय प्रगति, समस्या पहिचान र समाधानका उपायहरूबारे जानकारी गराउनु, योजनाको पारदर्शिता, जवाफदेहिता, मितव्ययिता तथा सुशासन कायम गर्दै सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्ने वातावरण सिर्जना गर्नु, योजना कार्यान्वयनका क्रममा देखिन सक्ने प्राविधिक, प्रशासनिक, आर्थिक तथा कानुनी समस्याहरूको पहिचान गरी समाधानका उपायबारे साझा बुझाइ विकास गर्नु, योजना सम्पन्न भएपछि नापजाँच, कार्यसम्पन्न प्रतिवेदन, सार्वजनिक परीक्षण, फरफारक तथा अन्तिम भुक्तानी लगायतका प्रक्रियाबारे स्पष्ट जानकारी प्रदान गर्नु, सम्बन्धित कार्यालय, स्थानीय तह, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सूचना आदान-प्रदानको व्यवस्था सुदृढ गर्नु र हुम्लाको सन्दर्भमा योजना कार्यान्वनयलाई प्रभावकारी र नागरिकमैत्री बनाउदै समयमै पूँजीगत खर्च गर्ने कुरालाई व्यवहारमा लागु गर्न सरोकारवाला सबैको राय/सुझाब संकलन गर्नु रहेको सामाजिक विकास कार्यालय प्रमुख इश्वर बहादुर सिंहले बताएका थिए ।

सामाजिक विकास कार्यालयबाट प्रवाह हुने भौतिक विकास निर्माणका योजनाहरुको कार्यान्वयनलाइ प्रभावकारी बनाउन सम्बन्धि सरोकारवालालाई उपस्थित गराइ अभिमुखिकरण गर्नुको मुख्य उद्देश्य योजनाहरुलाई सुसान कायम गरी योजनाहरुलाई पारजर्सि ढंगले संचालन गर्नु रहेको प्रमुख जिल्ला अधिकारी भोलाना गूरागाइले बताएका थिए । कार्यालयले योजनाको बजेट प्रस्तुत सँगै ढाँचा, खाका तयार गर्ने त्यो योजनालाई सुसान कायम गर्दै पार्दशिता कायम गर्नु  सेवाग्राहीको भएको प्रमुख जिल्ला अधिकारी गुरागाइले बताएका थिए ।

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९