२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम (Strengthening Capacity-Building Training for OPDs and CBOs)” सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा OPDs तथा CBOs का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तालिमका क्रममा संस्थागत क्षमता विकास, नेतृत्व तथा व्यवस्थापन, अपाङ्गता अधिकार, समावेशी शिक्षा, पैरवी तथा वकालत, सरोकारवालासँग समन्वय तथा समुदायस्तरमा प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने विषयमा जानकारी तथा व्यावहारिक ज्ञान प्रदान गरिएको सि डि सि का जिल्ला संयोजक निराजन बुढाले बताएका छन् ।

तालिमले सहभागी संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा समावेशी शिक्षा तथा अपाङ्गता सम्बन्धी गतिविधिहरूलाई प्रभावकारी, समन्वयात्मक र परिणाममुखी रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान, सीप तथा आत्मविश्वास विकास गर्न सहयोग पुर्याएको छ। साथै, सहभागी संस्थाहरूबीच अनुभव आदान–प्रदान, आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन समेत तालिमले महत्वपूर्ण योगदान पुर्याएको सहभागी धनबहादुर ऐडीले बताएका छन् ।
