राज शाही बिहिबार, आषाढ २५, २०७७ मा प्रकाशित

हुम्ला

दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् ।

चार दिन देखि बेथाले छटपटाएकी दुबै जना महिलाको जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले चार दिन देखि सुत्केरी ब्यथा लागेको भएपनि बिहीबार खबर आउने बित्तिकै गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टरको ब्यबस्था भएर हेलिकोप्टरमा सुर्खेत उद्धार गरिएको बताए ।

दुबै जनाको अबस्था गम्भीर रहेको र हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो । उनीहरु दुवैलाई  चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ्गबाट सिधै उद्धार गरिएको मेल्छाम प्रहरी चौकीलाई उद्रित गर्दै प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुबेदीले बताएका छन् । हेलिकोप्टर उद्धारका लागि लाग्ने खर्चको ब्यबस्थाका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धान कार्यक्रमबाट लागत ब्यहोर्नका लागि जिल्ला प्रशासन कार्यालयले लेखी पठाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९