राज शाही बिहिबार, आषाढ २५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् ।

चार दिन देखि बेथाले छटपटाएकी दुबै जना महिलाको जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले चार दिन देखि सुत्केरी ब्यथा लागेको भएपनि बिहीबार खबर आउने बित्तिकै गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टरको ब्यबस्था भएर हेलिकोप्टरमा सुर्खेत उद्धार गरिएको बताए ।

दुबै जनाको अबस्था गम्भीर रहेको र हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो । उनीहरु दुवैलाई  चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ्गबाट सिधै उद्धार गरिएको मेल्छाम प्रहरी चौकीलाई उद्रित गर्दै प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुबेदीले बताएका छन् । हेलिकोप्टर उद्धारका लागि लाग्ने खर्चको ब्यबस्थाका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धान कार्यक्रमबाट लागत ब्यहोर्नका लागि जिल्ला प्रशासन कार्यालयले लेखी पठाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९