राज शाही मंगलबार, भाद्र ३०, २०८३ मा प्रकाशित

एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने बालक चङ्खेली गाउँपालिका– ६ को मेल्छाम गाउँका बलबहादुर बुढाका छोरा हुन । सोमबार बेलुका पौने चार वजे घरको छतमा डोको भित्र सुताएका ती बालकलाई अर्का साँढे चार वर्षका बालक दुर्गा बुढाले डोको हल्लाएर खसालेपछि नौ फिट तल भुईमा बजारिएर घाईते भएको मेल्छाम स्वास्थ्य चौकीका प्रमुख हर्क बुढाले बताएका छन् । ती घाईते बालकको निधार सुनिएर चोट लागेको छ ।

घाईते बालककी आमा लालसुवा तामाङ छोरालाई सुताएर कपडा धुन धारामा गएको र त्यही बेला अर्का बालक बुढाले सुतेका डोको हल्लाउदा बालक खसेका थिए । स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । घाईते बालक आमाको दुध पनि खान नसक्ने अवस्थामा रहेको कारण जिल्ला अस्पतालका चिकीत्सक बिरेन्द्र शाहीसंग समन्वय गर्दा जिल्लामा उपचार गर्न नसकिने र जिल्ला बाहिर सुर्खेत वा जुम्ला लैजान सुझाएपछि राती सुर्खेत उपचारका लागि गाडीमा पठाएको उनले बताएका हुन ।

मेल्छाम गाउँका स्थानीयले आर्थिक सहयोग गरेर अठचालीस हजारमा वोलेरो जीप रिजर्भ गरि आमा र बुवा सहित घाईते बालकलाई सुर्खेत पठाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
पुरुष फुटबल सेमिफाईनलमा सिम ब्वाईज र ठेहे फुटबल क्लव विजेता
नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान
यारी नाका भन्सार कार्यालयले १६ लाख ६५ हजार राजस्व असुली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९