उत्तरी नाम्खा गाउँपालिका– ४ को दुर्गमको चाला गाउँमा पहिलो पटक नेपाल टेलिकमको टु जी सेवा ( मोवाईल ) सञ्चालनमा आएको छ । नेपाल टेलिकमले सोही गाउँपालिका– २ को केर्मीमा टावर स्थापना गरेर सञ्चालनमा आएपनि चालामा पनि सो टावरले काम गर्दा मोवाईल सेवा सञ्चालनमा आएको हो । सरकारी सेवा सुविधा विरलै पुग्ने चाला गाउँमा पहिलो पटक मोवाईल सेवा सुचारु भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताएका छन ।
चाला मै टावर स्थापना गर्न निक्कै लामो प्रयास गरिएको भएपनि सो प्रयास सफल नभए पनि नाम्खा गाउँपालिका कै केर्मीमा स्थापना गरिएको टु जी सेवाको टावरले चालामा पनि काम गर्दा अब उक्त दुर्गम गाउँमा सञ्चार सम्पर्क गर्न सहज भएको होे । चाला गाउँ सञ्चार सम्पर्कमा आएपछि नाम्खा गाउँपालिका सवै बस्ती सञ्चार सुविधा नपुगेको वस्तीमा त्यो सेवा पुगेको उनको भनाई रहेको छ । आफ्नो चुनावी बाचा पनि हाल आएर पुरा भएको बताउदै अव चोर जी सेवा नपुगेका वस्तीमा पनि त्यो सेवा पुर्याउने प्रयास भई रहेको उनले बताएका छन ।
सडक गाउँवाटै मोवाईलवाट सम्पर्क गर्न पाउदा स्थानीय निक्कै खुसी भएको चाला गाउँकी फुली लामाले बताईन । आफ्नो दश वर्ष अगाडीे देखिको माग बल्ल पुरा भएको उनको भनाई छ । जमान अनुसार आफुहरु निक्कै पछि रहेको बताउदै लामाले बल्ल टुजी सेवा उपभोग प्रयोग गर्न पाएको बताएकी हुन । अब टुजी सेवा चालाका स्थानीयले उपभोग गर्न पाएर सम्पर्क गर्न सहज भएपनि चाँडै फोरजी सेवाको सञ्चालनमा ल्याएर इन्टरनेट चलाउने ब्यवस्था गर्न उनको माग रहेको छ ।
यस अघि चाला गाउँमा सञ्चार कम्पर्क गर्ने कुनै माध्याम थिएन । गाउँपालिका केन्द्रबाट मानिस पठाएपछि मात्रै सो गाउँमा सुचना पुर्याएनु पर्ने अबस्था थियो । चालाका स्थानीयले पनि सञ्चार सम्कर्क गर्न पुया लेखमा जानु पर्ने वा गाउँपालिका केन्द्रमा आउनु पर्ने अवस्था थियो । चाला गाउँ तीन हजार सात सय मिटर उचाईमा पर्छ । साठी घरधुरी भएको चाला गाउँमा हाल ३२ घरधुरी बस्दै आएका छन ।