भोटेकोसी बाढी पहिरोमा परि वेपत्ता भएका हुम्लाका ४ जनाको अन्तिम दाहसंस्कार गरिएको छ । गत भाद्र १० गते विनासकारी बाढी पहिरोमा परि वेपत्ता भएका हुम्लाका ७ जना मध्य ४ जनाको आज भाद्र २३ गते १३ दिनको पुन्य तिथिको अवसरपारी अन्तिम दाहसंस्कार आफन्तले गरेका छन् । उनीहरुको पुल्ता बनाइ अन्तिम दाहसंस्कार काठमाण्डौमा आफन्त भिमबहादुर रोकाया सहितले गरेका हुन ।
पुल्ता बनाइ अन्तिम दाहसंस्कार गरिएका व्यक्तिहरुमा अनिता रावत,जनक वुढा,कविता वुढा र रियान्सा वुढाको रहेको छन । बेपत्ता भएका ४ जना मध्य अनिता रावत र जनक वुढा खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्काका हुन भने कविता वुढा र रियान्सा वुढा सर्केगाड गाउँपालिका वडा नं ८ का रहेका छ । पशुपति आर्यघाटमा पुल्ता बनाइ हिन्दु धार्मिक संस्कार अनुसार अन्तिम दाहासंस्कार गरिएको जानकारी प्राप्त भएको छ ।