०८२।०८३ को बार्षिक समीक्षा तथा ०८३।०८४ को कार्ययोजना तर्जुमा गोष्ठि संचालन
स्थानिय सरकारले आफ्ना नागरिकको स्वास्थ्यमा गुणस्तरियता प्रर्दान गर्नका लगी स्वास्थ्य सम्बन्धि स्वास्थ्यकर्मीलाई तालिम गोष्ठी प्रर्दान गर्दै आएका छन् । आफ्ना मातहतम रहेका स्वास्थ्य चौकीले के कस्तो सेवा प्रवाह गरेका छन् भन्ने बारेमा मासिक तथा चौमासिकरुपमा समिक्षा समेत गरिरहेका छन् ।
यसै बीच नाम्खा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष ०८२।०८३ मा सम्पादित स्वास्थ्य संस्थाले गरेका काम कार्यका बारेमा बार्षिक समीक्षा तथा आर्थिक वर्ष ०८३।०८४ को कार्ययोजना तर्जुमा गोष्ठि संचालन गरेको छ । उक्त गोष्ठी नाम्खा गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्ला, पालिका अन्तरगत संचालनमा रहेका संघ संस्थाहरुको सार्थक सहभागिता सहकार्य र समन्वयमा उक्त बार्षिक समिक्षा गरिएको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले बताएका छन् ।
सोही बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाले आ आफ्नो प्रगति विवरण, अनुभव आदान प्रर्दान उपलब्धिको समीक्षा तथा आगामी कार्यदिशामाथि छलफल गरिएको र उक्त छलफल अर्थपुर्ण र उपलब्धिमुलक बनेको संयोजक लामाले बताएका छन् । सोही बार्षिक समिक्षा कार्यक्रममा मुचु स्वास्थ्य चौकीले उत्कृष्ट कार्यसम्पादन गरेको जानकारी प्राप्त भएको छ ।