कर्णाली प्रदेशको सामाजिक विकास कार्यालय हुम्लाले चालु आर्थिक वर्षको साउन १ गते देखि भाद्र १५ गते सम्म सम्पादन गरेका काम कार्यहरुलाई सार्वजनिक गरेको छ । उक्त कार्यालयले साउन १ गते देखि भाद्र १५ गते सम्म १. ९० प्रतिसत योजनाहरुको प्रारम्भिक फिल्ड सर्भेक्षण गर्ने कार्य सम्पन्न गरेको छ । त्यसै गरी २. ७० प्रतिसत ठेक्का सुचना भाद्र १८ गते गर्ने र वाकी भाद्र महिनाको २६ सम्म सुचना गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको सोही कार्यालयका प्रमुख इश्वर बहादुर सिंहले बताएका छन् । समिति मार्फत कार्यान्वयन हुने आयोजनाहरुको नियमानुसार लागत अनुमान तयारीको कार्य ७५ प्रतिसत सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
कर्मचारीको कार्य सम्पादन मुल्यांकन र सम्पति विवरणको अद्यावधिक कार्य गरिएको छ । सोही अनुसार उक्त कार्यालयले सुचिकृत हुनका लागि नियमानुसार सूचना आवहान गरिएको छ । त्यसै गरी सोही कार्यालयले सेवा करारमा कार्यत सवै कर्मचारीहरुको नियमानुसार म्याद थप गर्ने कार्य पनि गरेको,कार्यालयको जिन्सि निरिक्षण गरी तोकिएको ढाँचामा जिन्सी निरिक्षण प्रतिवेदन तयार गरी सोको अभिलेखिकरण गरिएको उक्त कार्यालयले बताएको छ ।
आ. ब. २०८२/०८३ को आन्तरिक लेखा परिक्षण गराउने कार्य गरेको, वार्षिक खरिद योजना तयार गरी कार्यान्वयनमा लगिएको, योजनाहरुको मासिक / वार्षिक कार्यान्वयन कार्ययोजना वनाई लागु गरिएको, ई हाजिरी लाई निरन्तरता दिदै कर्णाली प्रदेश सरकारको नयाँ मापदण्ड र निर्देशन बमोजिम लागु गरिएको सोही कार्यालयले जनाएको छ ।
आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धि कार्ययोजना बनाई लागु गरिएको, चालु तर्फका कार्यक्रम कार्यान्वयनका लागि फोकल पर्सन तोकिएको,स्टेसनरी र प्राविधिक सामाग्रीहरु खरिद प्रकृया अगाडि वढाइएको,प्रदेशको वार्षिक समीक्षामा सहभागी भएर वार्षिक प्रतिवेदन पेश तथा प्रस्तुत गरिएको,कर्मचारीले कार्यालय समयमा वाहिर जानुपर्दा अनिवार्य लगवुक भरी कार्यालय प्रमुखवाट प्रमाणित गराउने व्यवस्था लागु गरिएको उक्त कार्यालयको आधिकारीक फेसबुक मार्फत सार्वजनिक गरेको छ ।
नाम र ठेगाना फरक परेका योजनाहरुको हकमा सच्याउने प्रयोजनका लागि मन्त्रालयमा पत्राचार गरिएको, भदौ मसान्तसम्म सवै सम्झौताहरु गरिसक्ने र सवै ठेक्का सूचनाहरु आवहान गरिसक्ने गरी द्रुतगतिमा कार्य सञ्चालन गर्दै वेरुजु शुन्य पार्ने अभियान स्वरुप बार्षिक बेरुजु फर्च्यौट कार्ययोजना तयार गरिएको गरिएको सोही कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बताएका छन् ।