राज शाही आइतबार, साउन २४, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा  लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि १ दिने कार्याशाला गाेष्ठी”  संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी  जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन २४ गते हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो ।

बरगाउँ महिला समूहका सदस्य श्री निमा लामाकाे सभाध्यक्षतामा , सिमकाेट गाउँपालिका उपाध्यक्ष श्री सुशीला राेकायाकाे प्रमुख अतिथिमा र बाैद्ध धर्म गुरु श्री लाेप्साङ लामाकाे विशेष आतिथ्यमा संचालन भएको कार्यक्रममा १० जना पुरुष, १० जना महिला गरी जम्मा २० जनाकाे सहभागीता रहेकाे थियाे ।

यस कार्यक्रमकाे मुख्य उद्देश्य समाजमा लैङ्गिक हिंसा, जातीय विभेद न्यूनिकरण गर्ने र समाजमा जातीय संवेदनशीलता र सामाजिक सद्भाव अभिवृद्धि गर्नु रहेकाे छ । उक्त अभिमुखीकरण कार्यक्रम छतुप लामाले सहजिकरण गरेका थिए । कार्यक्रम निकै प्रभावकारी एवम् समसामयिक भएकाे सहभागीहरुले बताएका थिए । उक्त कार्यक्रम शिक्षक छतुप लामाले  सहजिकरण गरेको जानकारी प्राप्त भएको छ ।

 

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९