Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

काठमाडौं
बालबालिकालाई दिइने खोप कार्यक्रम सुरक्षित साथ सञ्चालन गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले खोप कार्यक्रमलाई सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो ।

सरकारले कोरोना भाइरसको संक्रमण हुने डरले केही समयका लागि बालबालिकाहरुलाई लगाईने खोप कार्यक्रमलाई स्थगित गरेको थियो । त्यस्तो कार्यक्रमलाई स्थगित गरेपछि बालबालिकाहरुको स्वास्थ्य सम्बन्धि मौलिक हक तथा कानूनी हक उल्लंघन भएको उल्ले गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाललगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतले खोप अभियान सञ्चालन नगर्दा बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न जाने उल्लेख गर्दै त्यस्तो अभियान लागू गर्न अन्तरिम आदेश दिएको हो । खोप अभियानलाई रोक लगाउनुको कारण १५ दिन भित्र पेश गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ । रिट निवेदकको तर्फबाट अधिवक्ताहरु विकास भट्टराई, अनन्तराज लुइटेल, ज्ञानेन्द्रराज आरन, प्रतिभा उप्रेती, लक्ष्मीनानी थापालगायतले बहस गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९