राज शाही बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

हुम्लाका तीन विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय बैठक सम्पन्न  भएको छ । विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग गरी बालबालिकालाई सुरक्षित र पोषणयुक्त आहार उपलब्ध गराउने तथा स्थानीय किसानको उत्पादनको दिगो बजार सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

गुड नेबर्स इन्टरनेशनल (GNI) नेपालले आफ्नो स्थानीय साझेदार सामुदायिक सुधार तथा विकास केन्द्र (SIDC) सँगको सहकार्यमा सञ्चालन गरिरहेको प्राकृतिक खेती जीविकोपार्जन परियोजना अन्तर्गत विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय प्राकृतिक खेतीका उत्पादन जोड्ने उद्देश्यले हुम्लाका तीन विद्यालयमा समन्वय बैठक विहिवार  सम्पन्न गरेको छ।

सन् २०२३ देखि सञ्चालनमा रहेको यस परियोजनामार्फत स्थानीय किसानहरूले विषादी रहित, सुरक्षित तथा पोषणयुक्त तरकारी र अन्य कृषि उपज उत्पादन गर्दै आएका छन्। किसानद्वारा उत्पादित यस्ता कृषि उपजलाई विद्यालयको नियमित दिवा खाजा कार्यक्रममा प्रयोग गरी बालबालिकालाई स्वस्थ, पोषणयुक्त तथा सुरक्षित आहार उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

समन्वय बैठक श्डल्ली आधारभूत विद्यालय सर्केगाड गाउँपालिका–४, श्री सीता माध्यमिक विद्यालय खार्पुनाथ गाउँपालिका–४ तथा श्री कालासिल्टा आधारभूत विद्यालय सिमकोट गाउँपालिका–६ मा सम्बन्धित स्थानीय तहको समन्वयमा सम्पन्न भएको थियो।

बैठकमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, प्राकृतिक खेतीमा आबद्ध किसान, वडा प्रतिनिधि, स्थानीय सरकारका सरोकारवाला तथा परियोजनाका कर्मचारी गरी ७८ जना सहभागी भएका थिए।

कार्यक्रममा विद्यालय र किसानबीच नियमित आपूर्ति प्रणाली विकास गर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, बालबालिकालाई विषादीरहित तथा पोषणयुक्त खाद्य उपलब्ध गराउने र स्थानीय कृषि उत्पादनको दिगो बजार विकास गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

सम्बन्धित

ताजा अपडेट
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग
डिजिटल सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गाेष्ठी”  संचालन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९