कर्णाली प्रदेशको हुम्ला जिल्लामा डिजिटल सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गाेष्ठी” संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन १६ गते हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो ।
हुम्ली ढुङ्गा समूहका सदस्य नुर्बु तन्जन लामाकाे अध्यक्षतामा र सिमकाेट गाउँकार्यपालिका सदस्य श्री काङ्साे लामाकाे प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा ५ जना पुरुष, १५ जना महिला गरी जम्मा २० जनाकाे सहभागीता रहेकाे थियाे । यस कार्यक्रममा सहभागीहरुले डिजिटल हिंसा र सुरक्षा सम्बन्धी जानकारी पाएका छन् ।
आजकाे प्रविधीकाे युगमा अधिकांश मानिसहरु प्रविधीकाे प्रयाेगबाट हिंसा र दुर्व्यवहारकाे सिकार भई आत्महत्याका घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेकाे हुँदा त्यस्ता अप्रिय घघटनाहरुलाई न्यूनिकरण गर्ने र प्रविधि प्रयाेगकर्ताहरुलाई सचेतना र सुरक्षित गराउने उद्येश्यले उक्त कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रम निकै प्रभावकारी एवम् समसामयिक भएकाे सहभागीहरुले बताएका थिए । उक्त कार्यक्रम शिक्षक छतुप लामाले सहजिकरण गरेको जानकारी प्राप्त भएको छ ।