राज शाही मंगलबार, साउन १२, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्लामा महिलाको राजनीतिक सहभागिता र नेतृत्व सम्बन्धी संवाद कार्यक्रम संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी  जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन १० गते हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो ।

बरगाउँ महिला समुहका अध्यक्ष पेमा होसाल लामाको अध्यक्षता र सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा  जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, नागरिक समाज, बरगाउँ महिला समुहका सदस्यहरु र हुम्ली ढुङ्गा युवा समूहका सदस्यहरुको सहभागीता रहेको जानकारी प्राप्त भएको छ ।

यस कार्यक्रममा नेपाली राजनीतिमा महिलाको अवस्था, अवसर र चुनौतीहरुका बारेमा बृहत् रुपमा बहस, छलफल सँगै अन्तरक्रिया भएको थियो । कार्यक्रम समसामयिक भएको हुँदा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता वृद्धि हुने आाशा एवम् विश्वास लिएको उक्त संस्थाले जनाएको छ ।

शिक्षक छतुप लामाले  सहजिकरण गरेको कार्यक्रममा सोही संस्थाका संचालक तुण्डुप लामा र कार्यक्रम व्यवस्थापक पुजा श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९