राज शाही बिहिबार, आषाढ ३२, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लामा स्थापित सामुदायीक विद्यालयहरुले विद्यार्थीलाई कितावी ज्ञान सँगै व्यवहारिक ज्ञान समेत सिकाउने गरेको पाइएको छ । जिवनमा भोगिएका र भोगिरहनु पर्ने विषय बस्तुलाई व्यवहारिक ज्ञानकारुपमा लिइ सोही अनुसार विद्यार्थीलाई सिकाउने गरेको मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका छन् ।

यस किसिमका कार्यक्रम प्रत्येक सुक्रबार संगै महिनाको अन्तिम दिनमा पनि सिकाउने गरेको पाइएको हो । विद्यालयमा गठित विभिन्न सदनको नेतृत्वमा विद्यालयको सरसफाइ सँगै व्यक्तिगत सरसफाइ लगायतका विषय बस्तुहरु सिकाउने गरीएको छ ।

सोही अनुसार कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा स्थापना भएको मानसरोवर नमुना माध्यामिक विद्यालयले आज महिनाको अन्तिम दिन मध्यान अघि पुर्णरुपमा पठन पाठन गरेको र मध्यन पछि ग्रीन नेचर सदन द्धारा शौचालय सरसफाइ लगायत फोहोर व्यवस्थापन, कक्षा १० को अगुवाइमा मंच पछाडीको फिल्ड सम्याउने, कक्षा ८ का विद्यार्थी द्धरा कक्षा कोठा लिपपोत र सरसफाइ, अन्य कक्षा द्धारा कक्षाकोठा लगायत विद्यालयको हाता सरसफाइ शिक्षक विद्यार्थीले गरेको सहायक प्रधानाध्याप राजबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९