राज शाही बिहिबार, आषाढ ३२, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा स्थापना भएको संघिय कार्यालय हुम्ला जिल्ला अदालतले आफ्नो बार्षिक प्रगति बिवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को अन्तिम दिन आज विहिबार हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त प्रगति विबरण सार्वजनिक गरेहो हो ।  हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष ०८२।०८३ मा मुद्दाको लगत फर्छयौट ७९.४१ प्रतिशत रहेको विबरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा देवानी तर्फ २८ थान  मुद्दा दर्ता भएको र जिम्मेवारी सरी आएका ३ थान गरी जम्मा ३१ थान मुद्दा मध्य २४ थान मुद्दा फर्छौट भइ ७ वटा बाँकी रहेका छन । त्यसै गरी फौजदारीतर्फ नयाँ दर्ता ३१ वटा र लगत सरी आएका ६ गरी जम्मा ३७ थान मुद्दा मध्य ३० वटा फर्छौट भइ ७ वटा बाँकी रहेका छन् । यसरी हेर्दा देवानी र फौजदारी मुद्दा जिम्मेवारी सरी आएका ९ र नयाँ दर्ता भएका ५९ गरी जम्मा ६८ मुद्दा मध्य ५४ वटा फर्छौट भइ १४ वटा मात्र बाँकी रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार श्रीदिप वाग्लले  बताएका छन् ।हुम्ला जिल्ला अदालतबाट फर्छौट भएका मुद्दाहरु २१ दिन भित्रै फैसला तयारी गरी पक्ष विपक्षलाइ उपलब्ध गराएको श्रेस्तेदार वाग्लले  बताएका छन् ।

थुनुवा जम्मा मुद्दा संख्या १७ त्यस मध्य १३ वटा फर्छौट भइ ४ थान मुद्दा मात्र बाँकी रहेको  र थुनुवा संख्या र बालबालिका वादी प्रतिवादी भएको मुद्दा संख्या १ रहेको, हुम्ला जिल्ला अदालतको इजलाशले मेलमिलापमा पठाएको जम्मा मुद्दा संख्या १८ मध्य १२ वटा मुद्दामा मेलमिलाप भएको र ६ वटा मेलमिलाप हुन नसकेको र यसको सफल प्रतिशत ६६. ६७ प्रतिशत रहेको हुम्ला जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बरालले बताएका छन् ।

हुम्ला जिल्ला अदालतका न्यायाधीश बरालको नेतृत्वमा हुम्ला जिल्लाका ७ वटै गाउँपालिका न्यायीक समिति र जिल्लाका अर्धन्यायीक निकाय जिल्ला प्रशासन, जिल्ला मालपोत, डिभिजन वन कार्यालय र जिल्ला कारगार कार्याल समेत अनुगम गरेको पाइएको छ ।

कैद जरिवानाको लगत ७४ वर्ष ५ महिना १९ दिन जिम्मेवारी सरेकोमा चालु आर्थिक वर्षमा १ सय ९८ वर्ष १० महिना थप भई कुल लगत २ सय ७३ बर्ष ३ महिना १९ दिन रहेकोमा यस आर्थिक वर्षमा १ सय ८८ वर्ष १६ दिन असूल भै ८५ वर्ष ३ महिना २३ दिन कैद लगत बाँकी रहेको  पाइएको छ ।

त्यसै गरी जरिवानाको हकमा ३४ करोड ६६ लाख ६ सय ४७ रुपैया ५ पैसा लगत जिम्मेवारी सरेकोमा यस वर्ष थप ४ चाल लाख १८ करोड ४ सय १२ रुपैया भई जम्मा लगत ३५ करोड १९ हजार ५९ रुपैया ५ पैसा कायम भएकोमा चालु आर्थिक वर्षमा ३ लाख २७ हजार  असुल उपर भै ३४ करोड ६९ लाख २ हजार ५९ रुपैंया ५ पैसा जरिवाना असुल गर्न बाँकी रहेको हुम्ला जिल्ला अदालतका डिठ्ठा दिपेश शाहीले बताएका छन् ।

हुम्ला जिल्ला अदालतमा दर्ता भएका देवानी र फौजदारी मुद्दा मध्य सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता भएको पाइएको छ । लगत सरी आएका र नयाँ दर्ता भएका कुल  ६८ मुद्दा मध्य सम्बन्ध विच्छेदका मुद्दा मात्रै  १६ वटा रहेका छन् । जस मध्य १९ फर्छौट भइ ७ वटा बाँकी रहेको पाइएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९