हुम्ला र बाजुर सिमा विवादमा शरीर बन्दक मुद्दामा परेका हुम्लाका २१ जनाको थुनछेक कार्य सम्पन्न भएको छ । बाजुरा जिल्ला अदालतले सोमबार थुनछेक गरेका हुम्लाका प्रतिवादी २१ जना मध्य विर्ख भन्ने विर्ष बहादुर रावल, परेलाल रावल भन्ने परेक रावल र शान्त रावललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधरण तारेखमा राखेको छ ।
त्यसै गरी प्रतिवादीहरु मान बहादुर जेठारा, शेर रावल, बिर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजंग रावल भन्ने कालजंग जेठारा र ज्ञानेन्द्र शाही भन्ने ज्ञानेन्द्र छत्यालबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ अनुसार प्रतिवादीको आर्थिक अवस्था समेतलाई विचार गरी ऐ संहिताको दफा ६८ बमोजिम जनही २,लाख नगद धरौट, जेथा जमानत वा बैङ्क जमानत दिए छोड्ने आदेश गरेको छ ।
अन्य प्रतिवादीहरु देवराज रावल, चन्द्र बहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शंक रावल, रामदत्त रावल, कैलाश छत्याल, बुध्दि रावल र जय बहादुर रावललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पूर्पक्षको लागि थुनामा राख आदेश गरेको जानकारी प्राप्त भएको छ ।