राज शाही मंगलबार, आषाढ ३०, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न नगद र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको जगका रुपमा रहेका कक्षा ६ देखि १० कक्षा सम्मका बालबालिकाको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नगद र शैक्षिक सामाग्री बितरण गरेका हुन ।

नगद तथा शैक्षिक सामाग्री बितरण गर्नेमा सिमकोट गाउँपालिका वडा नं १ र २ मा स्थापित रामदेव माध्यामिक विद्यालय ठेहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारी रहेका छन । राम देव माध्यामिक विद्यालय ठेहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीको अध्यक्षता र सिमकोट गाउँपालिका वडा नं १ का वडा सदस्य गोर्खबहादुर भण्डारीको प्रमुख आतिथ्य सँगै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष छपाल लामाको विशेष आतिथ्यमा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीले ५० हजार नगद र १ सय ३ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ वटा कापी सहयोग र ५० हजार नगद सहयोग गरेका हुन ।

सोही कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं १ वडा सदस्य गोर्ख बहादुर भण्डारीले विद्यार्थी विद्यालय सम्म पुग्दा पुरानो झुत्रो स्कुल पोशाक लगाएर आएको देख्दा आफ्नो मन दुखेको अनुभुती भए पछि विद्यार्थीको पोशाखका लागी २ लाख रुपैंया वडा नं १ बाट छुट्याइएको र अवको केहि दिनमा विद्यालयलाई उपलब्ध गराउने बताएका छन् ।

विद्यालयका शिक्षक सुर्यमणी बोहोराले संचालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन सिमिति र शिक्षक अभिभावक संघका पदाधिकारी शिक्षक विद्यार्थी स्थानिय अभिभावक लगायत पत्रकारको उपस्थित रहेको शैक्षिक सामाग्री हस्तान्त्रण कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक मेचबहादुर बुढाले विद्यालयमा ५ वटा भवनमा १० वटा कक्षा कोठा भएको भए पनि ति कोठाहरु जिण पानी चुहिने अवस्थामा रहेको, विद्यार्थीलाई जेनतेन शिक्षकहरुले अध्यापन गराइ रहेको, सिमकोट गाउँपालिकामा संचालित माध्यामिक विद्यालयहरु मध्य रामदेव माध्यामिक विद्यालय हरेक तवरबाट कम्जोर अवस्थामा रहेको, आफु अषाढ १ गतेबाट उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समाले सँगै बर्तमानलाई टेकेर भविश्यलाई सुनौलो बनाउने तर्फ उक्त विद्यालयमा कार्यरत ११ जना शिक्षक कर्मचारी अग्रसर भएको, आफु उक्त विद्यालयमा आइ सकेपछि  मध्यान्न अघि कक्षाको समय ४५ मिनेट भएकोमा त्यसलाई बढाएर ५० मिनेट पुर्याइएको र मध्यान्न पछि को ४५ मिनेटलाई घटायर ४० मिनेट बनाइएको प्रधाना ध्यापक बुढाले  बताएका छन् ।

२०२२ सालामा स्थापना भइ २०६४ सालमा निम्न माध्यामिक र २०७२ सालमा माध्यामिक अनुमती प्राप्त गरेको रामदेव माध्यामिक विद्यालयलाई जिल्लाकै उत्कृट बनाउन शिक्षकको हात महत्वपुर्ण रहेको र शिक्षकले अध्यापन गरेका पाठ्यक्रमलाई तन मन मा राखी अनुशासित भइ विद्यालयको इज्जत  विद्यार्थीले राख्नेमा आफु विश्वस्त भएको पत्रकार महासंघका उपाध्यक्ष छपाल लामाले आफ्नो भनाइ राखेकी थिइन्।

सोही कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागी आफु सदैब लागी पर्ने, विद्यालयको शैक्षिक गुणस्त बढाउनका लागी विद्यालय परिवारले महत्वपुर्ण भुमिका खेल्ने आशा राखेको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष अर्जुन बोहोराले आफ्नो भनाइमा राखेका थिए ।

 

 

सम्बन्धित

ताजा अपडेट
शरिर बन्दक मुद्दामा परेका हुम्लाका २१ जनाको थुनछेक
वि व्य स अध्यक्षद्धारा शैक्षिक गुणस्तरलाई सुधार गर्न नगद र शैक्षिक सामग्री
कच्ची तथा भिराला सडकहरू वर्षासँगै हिलाम्मे र जोखिमपूर्ण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९