राज शाही बिहिबार, आषाढ ११, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

सीमित स्रोत–साधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाले अर्को एक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। खार्पुनाथ गाउँपालिकाकी ३९ साता भन्दा बढी गर्भवती महिलामा गर्भावस्थाजन्य उच्च रक्तचाप (गेस्टेशनल हाइपरटेन्सन) तथा प्रसूतिको दोस्रो चरणमा जटिल अवस्था देखिएपछि शल्यक्रिया गर्नुपरेको परेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताएका छन् ।

चिकित्सकका अनुसार पहिलो शिशुको प्रस्तुति सुल्टो (सेफालिक) र दोस्रो शिशुको प्रस्तुति उल्टो (ब्रिच) रहेकाले अवस्था थप चुनौतीपूर्ण बनेको थियो। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारी (एमडीजीपी) को नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको कार्यालयले जनाएको छ। शल्यक्रियामा नर्सिङ स्टाफ कञ्चन चौधरी, सरिता बोहोरा, वाङ्मो लामा तथा एनेस्थेसिया सहायक यज्ञराज जोशी लगायत स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहेको थियो।

शल्यक्रियापछि आमा र दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य तथा सन्तोषजनक रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर तिवारीले बताएका छन् । विशेषज्ञ चिकित्सक डा. तिवारीले विगत १५ महिनादेखि हुम्ला जिल्लाको स्वास्थ्य सेवा कार्यालयबाट सेवा दिँदै आएका छन्। भौगोलिक विकटता, सीमित पूर्वाधार तथा विभिन्न चुनौतीका बाबजुद उनले जिल्लाको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। उनको नेतृत्वमा जटिल शल्यक्रिया, दुर्घटनाका घाइतेहरूको उपचार तथा कैलाश–मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुहरूको उपचारसमेत प्रभावकारी रूपमा हुँदै आएको छ।

दुर्गम हिमाली जिल्लामा समेत गुणस्तरीय तथा जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार यस्ता जटिल उपचार सेवा निरन्तर प्रदान गरिँदै आएको कार्यालयको भनाइ छ। स्थानीयवासीले हुम्ला जस्तो दुर्गम जिल्लामा सफलतापूर्वक जटिल शल्यक्रिया सम्पन्न हुनु स्वास्थ्य सेवाको उल्लेखनीय उपलब्धि भएको बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
सीमित स्रोत–साधनका बीच स्वास्थ्य सेवा कार्यालय हुम्लाले जटिल शल्यक्रिया
हुम्लालाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगोपना
ट्राफिक नियम उलंङघन गर्दा हुने समस्या सम्बन्धि अभिमुखिकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९