राज शाही शुक्रबार, आषाढ ०५, २०८३ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा स्थापित आधारभुत तह देखि माध्यामिक तह सम्मका विद्यालयहरुले विभिन्न क्रियाकलाप गरी सुक्रबारिय कार्यक्रम संचालन गरेका छन् । यसै बीच कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालय हुम्लाले लोक नृत्य प्रतियोगिता संचालन गरि सुक्रबारिय कार्यक्रम संचालन गरेको सोही विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले बताएका छन् ।

कितावी ज्ञान संगै बाहिय ज्ञान हाँसिल गर्न स्थानिय लोक नृत्यको संरक्षण ,संबर्द्धन र महत्व झल्काउन टेवा पुग्ने उद्धेश्यका साथ यो कार्यक्रम संचालन गरिएको सोही विद्यालयका सहायक प्रधानाध्यापक राजबहादुर शाहीले बताएका छन् ।

मानसरोवर नमुना माध्यामिक विद्यालयमा गठित सदन सदन बीच संचालन भएको उक्त लोक नृत्य प्रतियोगितामा रेड फाएर प्रथम, ग्रीन नेचर दितिय र हवाईट पिस तृतिय भएको प्रधानाध्यापक शाहीले बताएका छन् । मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटले आयोजना गरेको लोक नृत्य प्रतियोगितामा अषाढ ५ गते संचालन गरेको थियो भने यस अघिको सुक्रबार हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको सोही विद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९