राज शाही मंगलबार, आषाढ ०२, २०८३ मा प्रकाशित

हुम्ला वासीले दिएको निवेदन अनुसार तत्कालीन मैला गाउँ पञ्चालतको वडा नम्बर ५ को नाममा ठेगाना रहेको हालको बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका दश घरधुरीको जग्गा सम्वन्धि पुराना प्रमाणहरु मालपोत कार्यालय हुम्लाको ढड्डामा भेटिएको कार्यालय प्रमुख पबिन्द्र यादबले बताएका छन ।यी प्रमाणका आधारमा बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला जिल्ला अन्र्तगतको तत्काली मैला पञ्चायतमा पर्ने देखिएको छ ।

गुम्वा गाउँका स्थानीयको मालपोत कार्यालय हुम्लाका भेएिएका जग्गा सम्वन्धि पुराना प्रमाणहरुमा सात नम्बर फारम, मोडहरु र मोहीको लगत बिबरण रहेको छ ।उनका अनुसार कार्यालयमा हालको बाजुरा जिल्लाको गुम्बा गाउँका पुुराना जग्गामा प्रमाण भएका जग्गा धनीहरुमा नर्वु गुरुङ, डबल्या गुरुङ, छिरिङ थकाली, टसी गुरुङ, फुर्वु गुरुङ, ( हाल बाजुराको हिमाली गाउँपालिका– ३ का वडा सदस्य पेमागारा गुरुङ उहाँका नाति हुनुहुन्छ ), याङ्वेला गुरुङ, धर्मसिंह गुरुङ, तुण्डुप गुरुङ र निखु गुरुङ रहनु भएको छ ।

ती प्रमाण मध्य सात नम्बर फारममा हालको विवादित कवाडीदेखि चिन्दु, लाम्पाटा,च्याचौर, गुम्वा, फुल सैना लगाएतका क्षेत्रहरुको नाम उल्लेख गरिएको । ती जग्गाका प्रमाण मालपोत कार्यालय हुम्लामा रहेका गुम्वावासीको ठेगाना तत्काली मैला पञ्चालय वडा नम्बर ५ उल्लेख गरिएको छ ।दुई जिल्लाका स्थानीयविच बिबाद भन्दा पनि आवश्यक तत्थ्य प्रमाण र भोगचलनका आधारमा सिमा विवाद टुङङ्ग्याउने पर्ने भनाई खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको छ ।

यो कुरा सरकारद्धारा गठिन सिमा विवाद अध्ययन समितिलाई पनि प्रमाण पनि दिने र जानकारी पनि गराउने उनले बताए । यता गुम्बा गाउँवासीले २०५० सालमा नापी भएको नक्शा देखाउने गरेको प्रति सात नम्बर फारम विनै नापी भएको सिमकोट गाउँपाकिलाका अध्यक्ष विजय भण्डारीले बताए ।त्यसको पनि आवश्यक अध्ययन र जाँचवुझका लागि हुम्लावासी सम्वन्धित निकायतर्फ लाग्ने भनाई उनको छ । अब दुई जिल्लाविच द्धन्द र बिबाद गर्नु आवश्यक नरेको र समन्वय, सहमति र सहकार्यमा अगाडी बढ्नु पर्ने भनाई हुम्ला वासीको रहेको छ ।

दुई जिल्लाका स्थानीय विच सिमा बिबाद भई रहेको बेला बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका स्थानीयको जग्गा सम्वन्धि आवश्यक प्रमाण हुम्ला जिल्लाको मालपोत कार्यालयमा भेटिएका छन । हुम्लाका जनप्रतिनिधि सहितको टोलीले ती प्रमाण खोज्ने क्रममा मालपोत कार्यालय हुम्लाको पुराना प्रमाणहरु फेला पारेको हो ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९