राज शाही सोमबार, आषाढ ०१, २०८३ मा प्रकाशित

हुम्लाको एक सामुदायीक रेडियोले आफ्नो बार्षिक उत्सब जवाफ देखिता कार्यक्रम संचालन गरी मनाएको छ । भिन्न तरिका, प्रक्रिया अपनाइ मनाउने सामदायिक रेडियोमा कर्णाली आवाज ९४.२ रहेको छ । उक्त रेडियोले बालबिबाह बालश्रमका विषयमा जिल्लाका सरोकारवाला निकायका प्रमुख एव प्रतिनिधि गाउँपालिकाका अध्यक्ष उपाध्य जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख बोलाइ जवाफदेहिता कार्यक्रम गरी मनाएको हो ।

१४ वर्ष पुरा गरी १५ वर्ष प्रवेस गरेको अवसर जिल्लाका सरकारी तथा गैर सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख जनप्रतिनिधिको उपस्थित गराइ बालबिबाह र बालश्रमका क्षेत्र सँगै बालबालिकालागी छुट्याइएको बजेटका बारेमा अन्तरक्रिया कार्यक्रम संचालन गरी १५ औ बार्षिक उत्सव रेडियो कर्णाली आवाजले आसार १ आज सोमबार भव्यताका साथ मनाएको हो ।

हुम्ला जिल्लाका सर्केगाड, चंखेली खार्पुनाथ र सिमकोट गाउँपालिकाका बालबालिकाले बालबिबाह गर्दा हुने सजाय, उजुरी दिने निकाय, बालबिबाह गर्दा हुने मानसिक, शारीरिक, शिक्षा, रोजगार , आर्थिक अवस्थामा पर्ने असरका बारेमा जिज्ञासा राखेका थिए । जसको जवाफ प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी,प्रहरी नायव उपरिक्षक शंकर खड्का,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी, सामाजिक विकास कार्यालय प्रमुख इश्वरबहादुर सिंह, जिल्ला सरकारी वकिल निसा केसी, डाक्टर उमाकान्त तिवारीले दिएका थिए ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्य र रेडियो कर्णाली आवजका कमल बोहोराको अध्यक्षतामा संचालन भएको कार्यक्रम सोमबार विहान ८ वजेबाट संचालन भएको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९