राज शाही शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

स्वर्गीय पिताको सम्झनामा शैक्षिक सामाग्री सहयोग गरिएको छ । उक्त शैक्षिक सामाग्री कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित भिमसेन आधारभुत विद्यालयलाई हस्तान्त्रण गरिएको हो ।

करिव एक लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गर्नेमा खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा निवासी स्वर्गीय शिवलाल हमालका छोराहरु मिमबहादुर हमाल, राजबहादुर हमाल, मणिजंग हमाल र अजय हमाल लगायत हमाल परिवार रहेको सोही विद्यालयका प्रधानाध्यापक कालीबहादुर शाहीले बताएका छन् ।

सामाजिक विकास कार्यालयका प्रमुख इश्वर बहादुर सिंहको प्रमुख आतिथ्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकजन रावतको अध्यक्षता, सिमकोट गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद आचार्य र विद्यालयका प्रधानाध्यापक कालिबहादुर शाहीको विशेष आतिथ्यमा सुक्रबार उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । उक्त विद्यालयमा अध्यनरत १ सय २० जना विद्यार्थीलाई पुग्ने गरी झोला,कामी, कलम, पेन्सिल,इलाजर, कटर लगायतका सामाग्री रहेको सोही विद्यालयका प्रधानाध्यापक शाहीले बताएका छन् ।

विद्यार्थीको पठन पाठन कार्यलाई निरन्तरता सँगै सहज बनाउनका लागी करिव एक लाख रुपैंया बराबरको शैक्षिक सामाग्री आफ्नो विद्यालयमा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै सो विद्यालयले ४ जना दाजु भाइ सहित हमाल परिवारलाई सम्मान पत्र समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९