राज शाही मंगलबार, जेठ १९, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

एक वर्ष अघि आगलागीमा परी जलेर नष्ट भएका पीडितका घरहरू स्थानीयको सहयोगमा पुनर्निर्माण गरिएको छ । सहयोग र मानवताको भावनाले सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँका आगलागी पीडितका घरहरू स्थानीय गाउँवासीको सहयोगमा निर्माण गरिएको हो । वि।सं। २०८२ साल जेठ १४ गते आगलागीबाट घर जलेर नष्ट भएका उनापानी गाउँका आठ जना पीडितका नयाँ जस्तापाता छाएका घर निर्माणको कार्य सम्पन्न भएको उक्त वडाका वडा अध्यक्ष अकिल कार्कीले बताएका छन ।

आठ वटै घर ढुंगा, काठ र माटो प्रयोग गरी निर्माण गरी जस्तापाता छाइएका छन् । काठ र ढुंगा ओसार्ने कार्य सबै उनापानीका गाउँवासीले मिलेर गरेका थिए भने घरको अन्य संरचना निर्माणमा पनि गाउँवासीको उल्लेखनीय सहयोग रहेको उनले बताएका छन । यी आठ वटै घर छ महिनाको अवधिमा निर्माण गरिएका हुन् । नयाँ घर निर्माणपछि हाल आठै जना आगलागी पीडित परिवार उक्त घरमा बसाइँ सरेका छन् । आगलागीमा परेका आठ घरमध्ये तीन वटा नयाँ र पाँच वटा पुराना घर रहेका थिए ।

नयाँ घर निर्माणका लागि दक्ष कामदार खर्च एक लाख पचास हजार रुपैयाँ भएको र त्यो रकम विदेशमा रहनु भएका सोही गाउँ तथा छिमेकी वडाका युवाहरूको आर्थिक सहयोगबाट जुटाइएको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन । आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारबाट २५ हजार रुपियाँ र जिल्ला विपद् व्यवस्थापन समितिबाट १५ हजार रुपियाँ सहयोग प्राप्त भएको थियो । बाँकी सबै सहयोग व्यक्तिगत रूपमा संकलन गरिएको हो ।

आगलागी पीडित आशा फडेराले सहयोगी र मानवतापूर्ण भावनाले आफ्न्त र छिमेकीले गरेको सहयोग कहिल्यै बिर्सन नसकिने बताएका छन । घर पुन र्निर्माण सँगै आवश्यक खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडा समेत सहयोग प्राप्त भएको थियो । तर आगलागी पीडितहरूको विवरण हालसम्म गाउँपालिकाले पोर्टलमा नभरिएको कारण गृहमन्त्रालयबाट आउने पाँच लाख रुपैयाँको राहत रकमबाट भने उनीहरू वञ्चित रहँदै आएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९