राज शाही सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशकै एक मात्र अन्तर्राष्ट्रिय नाका हिल्सा आर्थिक वर्ष २०८३/०८४ देखि पशु तथा कृषि क्वारेन्टाइन सेवा लागू हुने भएको छ । यो सुखद समाचारले सम्पूर्ण हुम्लावासी तथा समग्र कर्णाली प्रदेशलाई गौरवान्वित बनाएको नाम्खा गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर लामाले बताएका छन् । राजनितिक दल नागरीक समाज सरकारी तथा गैर सरकारी निकायको लामो प्रयास अध्यक्ष प्रेम लामा उपाध्यक्ष तक्दिर लामाको पहल, दृढ इच्छा शक्ति तथा निरन्तर प्रयासका कारण यो नाका आगामी आर्थिक वर्षको साउनबाट संचालनमा आउने भएको छ ।

लामो समय देखि आवश्यक मानिँदै आएको यस महत्वपूर्ण सेवाको स्थापना हुनुले सीमावर्ती क्षेत्रको कृषि तथा पशुजन्य उत्पादनको गुणस्तर संरक्षण, रोग नियन्त्रण, सुरक्षित आयात–निर्यात व्यवस्थापन तथा स्थानीय आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्ने विश्वास लिइएको छ। विशेषगरी अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावतलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन क्वारेन्टाइन सेवाको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताइएको छ ।

यस ऐतिहासिक उपलब्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने यस कार्यलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहकार्य गर्ने सम्पूर्ण सरकारी निकाय, कर्मचारी, सरोकारवाला संस्था, राजनीतिक व्यक्तित्व तथा सम्पूर्ण महानुभावहरूमा धन्यवाद दिइएको छ । आगामी दिनमा पनि हिल्सा नाकाको समग्र विकास, व्यवस्थापन तथा सेवा विस्तारमा यस्तै सकारात्मक पहल निरन्तर अगाडि बढीरहने  अपक्षा समेत गरिएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९