हाल बाजुरा र हुम्ला जिल्लाको सीमा बिबाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । सो क्षेत्रमा भेडा पालनका लागि गएका ती पूरुषको लेक लागेर मृत्यु भएको हो ।
रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना नाम र ठेगाना नखुलेका पुरुषको लेक लागेर मृत्यु भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयबाट एक टोली घटना स्थलतर्फ लागेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।
भेडा पालनका लागि श्रीमति सहित सो क्षेत्रमा भेडा चराउन गएका ती पुरुषको पछि श्रीमति खोजीमा जाँदा लेक लागेर मृत्यु अवस्थामा भेटेको जानकारी आएको उहाँले बताउनुभयो ।
सिमकोटबाट गएको प्रहरीको टोली भोलीसम्म घटनास्थलमा पुग्ने र त्यसपछि मृतकको नाम र ठेगाना पत्ता लाग्नेछ । स्थानीयबाट जानकारी आएपछि प्रहरी त्यसतर्फ गएको हो ।